Nepal's No. 1 Digital Newspaper

गृह र प्रशासन बालुवाटारको नियन्त्रणमा,पर्सा हत्याकाण्ड ओलीकाे मुठ्ठिमा!

१३ कात्तिक, काठमाडौं । नेकपाको शीर्ष तहको कलहमा पर्सा हत्याकाण्डसमेत थपिएको छ । मारिएका स्थानीय विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसिया पूर्वएमाओवादी निकट हुन् ।

पूर्व माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री हुनुभएता पनि, गृह मन्त्रालयको पूर्ण कमाण्ड बालुवाटारको हातमा छ । जाहेरी दर्ता गर्दा पूर्व एमालेमा गुटका हस्तीबिरुद्ध कदम चालिएको अर्थ लाग्ने भएकाले मुद्दा दर्ता हुन नसकेको पूर्व एमाओवादीहरूले आरोप लगाएका छन् ।

Order Now: 98510-87891

अहिले पूर्व माओवादी र पूर्व एमालेकै माधव नेपाल खेमा जति सबै उक्त हत्याको न्यायिक निरूपणको लागि प्रहरीले परिवारले दिएकै जाहेरी दर्ता गर्नुपर्नेमा अडिगमा छन् ।

तर,पूर्व एमाले निकटमध्ये पनि प्रधानमन्त्री केपी ओलीनिकट अधिकांश केन्द्रीय,प्रादेशिक र जिल्लास्तरीय नेता तथा कार्यकर्ता खास खास ब्यक्तिको नाम सम्लग्न जाहेरी दर्ता गर्नै नहुने अडानमा रहेको कारण छ। केहि दिन देखि लाश उठ्न सकेको छैन ।

गत बिहीबार गाउँ कमिटीको शपथ ग्रहण कार्यक्रम हुँदै गर्दा दुई पक्षबीच भएको भिडन्त सांघातिक आक्रमणमा परिणत भएको थियो । उपचारार्थ अस्पताल लगेपनि चौरसियाको त्यहिँ निधन भयो । दुबै थरिले उनको हत्या भएको विषयलाई भने स्वीकारेका छन् । सामाजिक सञ्जालहरूमा पोष्ट गरिएका कतिपय भिडियोमा समेत स्पष्टसँग प्रहार गरेर मारिएको देखिन्छ ।

यता,गृहमन्त्री पनि पूर्व एमाओवादीकै नेता हुन् । तर,यतिखेर उनि प्रधानमन्त्रीका थोरै विश्वासपात्र मध्ये एक बनेकाले उक्त हत्याको जाहेरी दर्तामा सुनियोजित अवरोध पुर्याइएको पर्सा र तराईका अधिकांश पूर्व एमाओवादी नेताहरूको बुझाई छ ।

प्रशासनमा बालुवाटारको नियन्त्रण र नेकपाभित्र उत्पन्न कलहमा पर्साको पछिल्लो घटनाले मलजल पुर्याउनसक्ने बताइन्छ ।
यस्तो तानातान र दवावको राजनीति बिगतमा काङ्रेस र कम्युनिस्ट मर्दा-मारिँदा सिर्जना हुने गर्थ्यो भने अहिले त आफैभित्र मारामारको अवस्था छ । यसवीच सरकारी वकिल कार्यालयमार्फत साँसद राजकुमार गुप्तालाई समेत बिपक्षी बनाएर मुध्दा भर्खरै दर्ता गरिएको छ ।

जाहेरी दर्ता नगर्न सरकारले दबाब दिएको सन्दर्भ चुलिँदा उता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जोसुकै दोषी भएपनि कानुनबमोजिम कारबाहीको माग गर्नुभएको छ ।

पर्साको पछिल्लो घटनाले उता मातृका यादवहरूलाई पनि क्षुब्ध बनाएको छ । यादवलगायत तीन दर्जन केन्द्रीय समिति सदस्यले जारी गरेको विज्ञप्तिमा चौरसियाको मृत्युलाई ‘सुनियोजित आक्रमणको घटना’ भनिएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.