Nepal's No. 1 Digital Newspaper

विभिन्न हातहतियार सहित पक्राउ

१३ कात्तिक, सुनसरी । भोक्राहा नरसिंह गाँउपालिका-७ बस्ने २३ वर्षीय टुम नारायण यादवलाई मेड ईन ईन्डिया लेखिएको १ थान पेस्तोल र सो पेस्तोलमा लाग्ने म्याग्जीनमा लोड गरेको २ राउन्ड गोली सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यादवले स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की दिएको र घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा शौचालयको सेफ्टी टयाङकी छेउमा झोलाभित्र उक्त हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Order Now: 98510-87891

सिरहा, कर्जन्हा नगरपालिका-२ बन्दीपुर बजार बस्ने २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादवलाई १ थान कटुवा पेस्तोल, सो पेस्तोलमा लाग्ने १ थान गोली र नियन्त्रित लागूऔषध ६ थान नाईट्रोभेट ट्याब्लेट सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट गस्तीमा खटिएको प्रहरीले डिम्पललाई स.७ प२५५३ नम्बरको मोटरसाइकल र उक्त सामान सहित बन्दीपुर बजारमा फेला पारेपछि थप अनुसन्धानको क्रममा प्रेमनाथलाई समेत पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.