Nepal's No. 1 Digital Newspaper

एनआरएनए युके अध्यक्ष गुरुङलाई कोरोना संक्रमण, आजको बैठक स्थगित


१३ कार्तिक, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राष्ट्रिय समितिका अध्यक्ष पुनम गुरुङलाई कोरोना संक्रमण भएको छ ।

उनले बुधबार फेसबुक पोष्टमार्फत आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेकी छिन् । रिजल्ट पोजिटिभ देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बस्ने उनले सो पोष्टमा व्यक्त गरेकी थिइन् ।

Order Now: 98510-87891

अध्यक्ष गुरुङलाई कोरोना पुष्टि भएपछि बुधबार डाकिएको बैठक स्थगित भएको छ । एनआरएनए यूकेको गत कार्यकालमा विवादित चार करोड रुपैयाँ हिनामिनाको विषय कानुनी प्रकृयातिर अघि बढेपछि त्यसको बारेमा छलफल गर्न आज साँझ साढे ७ बजे जुममार्फत बैठक बोलाइएको थियो।

एनआरएनए राष्ट्रिय कार्यसमितिका एक पदाधिकारीले अध्यक्षको स्वास्थ्यको कारण दर्शाउँदै महासचिवद्वारा आजको बैठक स्थगन भएको इमेल प्राप्त भएको पुष्टी गरे ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.