Nepal's No. 1 Digital Newspaper

दोलखा भीमेश्वरमा नवमीको दिन सर्वसाधारणबाट गरिने बलिपूजा नहुने

कालरात्री पूजा लगाएत अन्य गुठी संग सम्वन्धी रात्रीकालीन पूजा हुने

०८ कात्तिक, दोलखा । दोलखा जिल्लाको ऐतिहासिक शहर हालको भीमेश्वर नगर वडा नं. २ दोलखा स्थित भीमेश्वर मन्दिरमा यस वर्ष बली पुजा नहुने भएको छ । विश्व भरी महामारीको रुपमा फैलिएको कोविड –१९ को संक्रमणबाट सर्वसाधारण लगाएत स्थानिय जनताहरुलाई संक्रमण हुनबाट बचाई राख्न हालसम्म मन्दिरको रासपूजा लगाए अन्य नित्यपूजाहरु बाहेक सर्वसाधारणको पूजाहरुलाई निषेध गरिएको छ ।

Order Now: 98510-87891

यस सम्वन्धमा श्री भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समितीले दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीज्यूको आतिथ्यमा र सुरक्षा निकाय प्रतिनिधी, गुठीयार र सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा गत असोज ११ गते सम्पन्न बैठकले हाललाई मन्दिरमा गर्नु पर्ने सरकारी तथा गुठीका पूजाआजा र नित्य पूजाहरु बाहेक सर्वसाधारणको लागि मन्दिर नखोल्ने भनी निर्णय गरिएको थियो ।

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा फुलपातीदेखि नवमीसम्म दोलखा भीमेश्वर लगाएत यसभित्र रहेका बिभिन्न देव देवालय र शक्तिपिठमा बलीपूजा दिने प्रचलन रहेको छ । तर यसपाली भने सर्वसाधारणहरु बाट भीमेश्वर मन्दिरमा दिईन बलि पूजा नहुने भएको छ । तर Wसरकारी पूजा र गुठी संग सम्वन्धी बिभिन्न पूजाहरु भने नियम संगत गरिनेछ ।

दोलखा भीमेश्वर

जुन दिउँसो गरिने पूजाहरु भन्दा पनी रात्रीकालिन समयमा गरिने पूजा जस्तै कालरात्रीको नामले पुजिने दोलखा भीमेश्वर, त्रिपुरासुन्दरी र राजकुलेश्वर तलेजु मन्दिर लागाएतका मन्दिरमा गरिने पूजाआजाहरु यथावत रुपमा गरिने छ भनी भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितीका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

स्मरण गर्नु पर्ने कुरा के छ भने गत वर्ष मात्रै दोलखा भीमेश्वर मन्दिरमा सर्वसाधारणले ७ सय भन्दा बढि बोका, भालेको बली चढाईएका थिए । मन्दिरमा नवमीको दिन विहानदेखि सर्वसाधारणको तर्फबाट बलि दिने चलन रहेको थियो । यसै गरी साँझ हाँस, भाले, भेडा, बोका र राँगो गरि पन्चवली पुजा दिने प्रचलन रहेको छ ।

यस सम्वन्धमा दोलखामा फुलपाती देखि नवमीसम्म गरिने पूजाआजा सम्वन्धमा भीमेश्वर नगरपालीका वडा न.ं २ का वडाध्यक्ष श्री विराजमान श्रेष्ठसंग संम्पर्क गर्दा दोलखा भीमेश्वरमा गरिने सरकारी पूजाआजा र गुठी संग सम्वन्धीत विधि विधानका पूजाहरु बाहेक अन्य सर्वसाधारण संग सम्वन्धीत कुनै पनि पूजाआजा नहुने जानकारी दिनु भयो ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” n[email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.