Nepal's No. 1 Digital Newspaper

एउटा भेडाको मूल्य ३ लाख ६७ हजार ५ सय पाउन्ड

०७ कात्तिक, एजेन्सी । ३ लाख ६७ हजार ५ सय पाउन्डमा लिलामी भएको एक भेडालाई विश्वकै सबैभन्दा महंगो मानिएको छ । स्कटिस नेशनल टेक्सल प्रदर्शनीका क्रममा बिहीबार यो भेडा बिक्री भएको हो । तीनजना किसानहरुले मिलेर यो भेडा किनेका छन् ।

भेडा किन्नेमध्येका एक जेफ एईकेनका अनुसार यस भेडालाई धेरैले आँखा लगाएका थिए । डबल डायमन्ड नामको यो भेडा विशेष भएकाले सबैको नजरमा परेको उनले बताए ।

Order Now: 98510-87891

यस भेडामा सुरुमा १० हजार पाउन्डको बोली लगाइएको थियो । त्यसपछि क्रमश मूल्य बढ्दै गयो ।

‘मलाई थाहा थियो यसलाई धेरै महंगो पर्नेवाला छ । तर, यति धेरै पर्छ भनेर सोचेको थिइँन,’ उनले भने । यो भेडा निकै सुन्दर छ ।

यसको टाउको, कपालको रंग, आँखा वरपरको रंग, खुुट्टा निकै आकर्षक रहेको उनले बताए । उनले यसलाई विश्वकै ह्यान्डसम भेडा भन्न रुचाए ।

अईकेनका अनुसार ६ महिनाको यस भेडा अब विभिन्न कृषकका गोठमा जानेछ र त्यहाँ पालिएका भेडीहरुसँग सम्पर्कमा रहनेछ । ‘आशा गरौं यो लामो समय बाँच्नेछ र जबसम्म यो स्वस्थ हुनेछ हामी यसलाई प्रजनन कार्यका लागि प्रयोग गर्नेछौं ।’

टेक्सल भेडा समाजका अनुसार अहिलेसम्म सर्वाधिक महंगो रकममा बिक्री भएको भेडा डबल डायमन्ड नै हो । यसअघि २००९ मा यस्तै एक आकर्षक भेडा २ लाख ३१ हजार पाउन्डमा बिक्री भएको थियो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.