Nepal's No. 1 Digital Newspaper

दिलिप रायमाझी र अञ्जली अधिकारीको अभिनयमा खाडादेवी

०५ कार्तिक, काठमाडौं । गायकद्वय सरोज लामिछाने, कल्याण रत्न कार्की र मेलिना राईको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘खाँडादेवी माई’सार्वजनिक भएको छ ।

गीतमा अभिनेता दिलिप रायमाझी र मोडल अन्जली अधिकारीले अभिनय गरेको उक्त गीतमा शब्द एवं लय संकलन सरोज लामिछानेको रहेको छ भने गीतको सहगायनमा बालकुमार श्रेष्ठ, कल्याण रानामगर, मनिषा घोरासैनी, पुष्पा बोहराले साथ दिएका छन् ।

Order Now: 98510-87891

नजिकिदै गरेको विजय दशमीलाई छेको पारेर सार्वजनिक गरिएको गीतमा म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । निर्देशक भट्टकै कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र अजय रेग्मीले छायाँकन गरेका छन् ।

भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् भने पोष्ट प्रोडक्सन साइभिजन प्रालिको रहेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.