Nepal's No. 1 Digital Newspaper

ह्वावेको नोभा सेभेन SE 5G यूथ स्मार्टफोन सार्वजनिक, डाइमेन्सिटी 800U चिपसेट प्रयोग

०२ कार्तिक, काठमाण्डौं । टेक जायन्ट ह्वावेले गत अप्रिलमा नोभा सिरिजमा नोभा सेभेन एसई स्मार्टफोन लन्च गरेको थियो । जसमा किरिन ८२० चिपसेट ५जी सपोर्ट रहेको थियो । अब भने कम्पनीले सोहि फोनको अर्को भेरिएन्ट लन्च गरेको छ ।

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले नोभा सेभेन एसई ५जी यूथ लन्च गरेको हो । जसमा मिडिया टेकको डाइमेन्सिटी ८००यु चिपसेट प्रयोग गरिएको छ ।

Order Now: 98510-87891

यो फोनमा चिपसेट बाहेक अन्य स्पेशिफिकेसनहरु भने नोभा ७ एसई ५जीकै नै रहेको छ ।

फोनमा ६.५ इन्चको फुल एचडी प्लस एलसिडी डिस्प्ले रहेको छ भने एन्ड्रोयड १० मा आधारित ईएमयूआई १०.१मा संचालन हुनेछ । यसको डिस्प्ले कर्नर प्वाइन्ट नोच डिजाइनमा रहेकोछ ।

फोनमा पावरको लागि ४,००० एमएएच ब्याट्री प्याकका साथमा ४० वाटको चार्जर उपलब्ध रहेको छ ।

नोभा सेभेन एसई ५जी यूथमा फोटोग्राफीको लागि क्वाड रियर क्यामरा सेटअप राखिएको छ जसमा ६४ मेगापिक्सेलको प्राथमिक क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रावाईड क्यामरा र १ मेगापिक्सेलको म्याक्रो क्यामराका साथमा २ मेगापिक्सेलको डेप्थ सेन्सर राखिएको छ । सेल्फीका लागि भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यसमा फिंगरप्रिन्ट रिडर साइड माउन्टेड छ भने यो फोन ८ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सनमा उपलब्ध हुनेछ ।

हाल चिनियाँ बजारमा मात्र उपलब्ध रहेको सो स्मार्टफोनको मूल्य २,२९९ चिनियाँ यूआन अर्थात करिब ४१ हजार रुपैयाँ तोकिएकोछ । माध्यम


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.