Nepal's No. 1 Digital Newspaper

नेपालकै नमुना गाउँपालिका मध्ये हेलम्बु गाउँपालिकामा सम्झौता सफ्टवेयर मार्फत संम्पन्न्न

अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाे भनाइ अनुसार यहिँका नागरिकले रोजगारी पाउने सोचेर नै पालिका भित्रका कामदारलाई प्राथमिकता दिएको अध्यक्ष शेर्पाको भनाई ।

०१ कार्तिक, किउल (सिन्धुपालचोक) । हेलम्बु गाउँपालिकाले उपभोक्ताहरुलाई सफ्टवेयर आर्फत सम्झौता गर्ने प्रचलन थालनी गरेको छ । उपभोक्ताहरुको काम छिटो र छरितो गर्न यो आर्थिक वर्षदेखि प्रक्रिया सुरुवात गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनु भयो

Order Now: 98510-87891

यस पालिकाले असोजको आधाआधीमै योजना सम्झौता गरिसेको छ । जसअनुसार पालिकाको ७ वटा वडामा २ सय १७ वटा योजना रहेकोमा २७ वटा सम्झौता भएर ७ वटा सम्पन्न नै भईसकेको प्रमुख प्रशासकीय अधिकृत भिमराज कोईरालाले जानकारी दिए ।

नेपालकै नमुना गाउँपालिका मध्ये हेलम्बु गाउँपालिका बिकास निर्माण र प्रशासनको काममा निकै आगाडि एक तथ्यांकले देखाएको छ।

‘कोरोना संक्रमण हुने डर उत्तिकै भएकोले सकेसम्म बाहिरका कामदार नल्याउने योजना बनाएका हौं’,

सम्झौता भईसकेका योजनाको काम पनि दशैंपछि तिव्रता पाउने उनले बताए । पालिकाको सबैभन्दा ठूलो गौरवको आयोजना हिमालयन ग्रेटट्रेल, बन्जीजम्पको लागि झोलङ्गे पुल लगाएत योजनाको समेत ठेक्का सम्झौता भईसकेको पालिकाले जनाएको छ ।

हेलम्बु गाउँपालिका भित्र गरिने योजनाको काममा पालिका बाहिरका कामदार नलगाउने रणनीति अपनाएको छ । बाहिरका कामदार ल्याउनु भन्दा रोजगारी तथा स्वास्थ्यको जोखिमका हिसाबले पालिका भित्रकै कामदार लगाउनु उपयुक्त हुने गाउँपालिका अध्यक्ष शेर्पाको तर्क छ ।

उहा अनुसार कोरानाकै बीचमा पनि पालिकाको काम चैत्र भित्रमा सकेर बैशाखमै भुक्तानी दिईसक्ने रणनीति पालिकाले लिएको छ । जिल्लाको १२ स्थानीय तहमध्ये समयमै काम सम्पन्न गर्ने हेलम्बु गाउँपालिका चर्चामा आएको थियो। नेपालकै नमुना गाउँपालिका मध्ये हेलम्बु गाउँपालिका बिकास निर्माण र प्रशासनको काममा निकै आगाडि एक तथ्यांकले देखाएको छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.