Nepal's No. 1 Digital Newspaper

उपत्यकामा ४२९ सहित थप १ हजार २२१ जनामा कोरोना पुष्टि

०१ कार्तिक, काठमाडौं । आइतबार उपत्यकामा ४२९ सहित देशभर १२२१ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका १२२१ संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ३७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जना गरी काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३८ हजार ५६१ पुगेको छ।

Order Now: 98510-87891

हालसम्म २० हजार ८२२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २६७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या २२१ पुगेको छ। गत २४ घण्टामा १२ हजार ७१७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार ७९७ जना क्वारेन्टिनमा रहेका छन्।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.