Nepal's No. 1 Digital Newspaper

चितवन दोहोरिन थाल्यो संक्रमण

 

०१ कार्तिक, काठमाडौं । कोभिड–१९ संक्रमणपछि निको भएका व्यक्तिमा पुनः संक्रमण दोहोरिएका उनी एक्ला भने होईन् ।  भरतपुर अस्पतालमा कार्यरत एक चिकित्सक र नर्समा पनि पुनः संक्रमण देखिएको थियो ।

Order Now: 98510-87891

अहिले सम्म चितवनमा तीन जनामा  कोरोनाको संक्रमण दोहोरिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिईन् । ‘चितवनमा कोभिड–१९ निको भएका व्यक्तिमा पूनः संक्रमण देखिने क्रम बढिरहेको छ,’ उनले भनिन्, ‘निको भयो भनेर ढुंक्क भएर बस्न मिलेन ।’ दोस्रोपटक संक्रमण देखिएका सबै निको भएर पूनः काममा फर्किका थिए । 

‘पहिलो पटक पोजिटिभ आउँदा लक्षण थिएन,’ उनले भने, ‘अहिले लक्षण देखिँदा थप शशंकित बनाएको छ ।’

औषतमा १५ दिन भाईरस सक्रिय रहन्छ । त्यसपछि अर्को व्यक्तिमा नसर्ने विश्वस्वास्थ्य संगठनको दावि छ । तर, केही व्यक्तिमा दोस्रोपटक पनि संक्रमण देखिने गरेको जनस्वास्थ्य विज्ञ डाक्टर समीरमणि दिक्षितले बताए ।  ‘कुनै भाइरस मानिसको शरीरभित्र तिन महिना वा सो भन्दा बढी समयसम्म रहन सक्छ । पहिले कुनै व्यक्तिमा भाइरस भेटेर परीक्षण नेगेटिभ देखिए ती व्यक्तिको शरीरमा भाइरस हुन सक्छ,’ उनले भने ‘कोरोना भाईरस नयाँ भएकाले यसै भन्न नसकिँदैन ।’ शरीरको कुनै भागमा निश्कृय भएर बसेका भाइरसहरु पछि सक्रिय हुने गरेको उनको भनाई छ । 

तर, पछि सक्रिय भएको भाइरससंग डराउन नपर्ने उनले बताए । उनका अनुसार विश्वमा १४ प्रतिशत संक्रमण दोहोरिएको छन् । ‘जब व्यक्तिको प्रतिरोधात्मक शक्ति कमजोर हुँदै जान्छ पहिलेदेखि शरीरमा निश्कृय रहेको भाइरस पुनः सक्रिय हुन्छ,’ उनले भने, अहिलेको अस्थामा आफ्नो शरिरको प्रतिरोधात्मक क्षमताले भाईरसलाई मार्नुको विकल्प छैन ।’ कोरोना भाइरस वा यस किसिमका कुनै संक्रमण एकपटक भएपछि शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्छ भन्ने मान्यता गलत भएको उनले बताए । एकपटक संक्रमित व्यक्तिले पनि स्वास्थ्य सावधानि अपनाउनु पर्ने उनले बताए ।  

जिल्लामा ९ सय ३ जना होमआइसोलेसनमा र ३ सय ८७ जना अस्पतालको आइसोलेसनमा छन् । जिल्लाका १ हजार ७ सय ७३ जना कोरोनामुक्त बनिसकेका छन् । 

कोरोना संक्रमणका कारण चितवनका ४१ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा भरतपुरका २३ जना, राप्तीका ५ जना, रत्ननगरका ४ जना, कालिकाका ३, खैरहनी ४ जनाले ज्यान गुमाएका छन् ।  

चितवनमा कोरोना संक्रमितका लागि भनेर छुट्टाईएका आईसियू र भेन्टिलेटर भरिएका छन् । जिल्लामा विभिन्न अस्पतालले आईसीयू र भेन्टिलेटर गरि ५२ बेड छुट्टाएका थिए । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जटिल अवस्थाका ५२ जना कोरोना संक्रमित आइसीयु तथा भेन्टिलेटरमा उपचाररत छन् । प्रशासनको स्थानीय प्रशासन शाखाका प्रशासकीय अधिकृत खेमराज पौडेलका अनुसार २ सय १ जना आइसोलेसन गरिएका साधरण बेडमा उपचाररत छन् । यस्तै कोरोना संक्रमण भएका ४७ जना आइसीयु र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.