Nepal's No. 1 Digital Newspaper

१२ अर्ब ५६ करोड नागरिक लगानी कोषले मुद्दती निक्षेपमा राख्ने

०१ कार्तिक, काठमाडौं । नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

Order Now: 98510-87891

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।

कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ । (रासस) 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.