Nepal's No. 1 Digital Newspaper

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झियाे

०१ कात्तिक, काठमाडौँ । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ ।

सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताएका शीर्ष नेताबीच एक महिनाको अन्तरालपछि फेरि विवाद सुरु भएको छ ।

Order Now: 98510-87891

यसपटक विवादको जरोमा मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशको अविश्वास प्रस्ताव प्रकरण रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नै समूहका नेतामात्र समावेश गरेका छन् ।

त्यसअघि राजदूत नियुक्तिमा पनि उनले युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई सिफारिस गरेर पार्टीभित्र विवाद निम्त्याएका थिए ।, यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.