Nepal's No. 1 Digital Newspaper

कोलकातामाथि सहज जित निकाल्दै मुम्बई शीर्षस्थानमा उक्लियो

१ कात्तिक, एजेन्सी । कोलकाता नाइट राइडर्सललाई सहजै पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

शुक्रबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आइपिएलको ३२ औं खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सललाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो ।

Order Now: 98510-87891

मुम्बईको जितमा ओपनर तथा विकेटकिपर क्विन्टन डी कक ४४ बलमा ९ चौका र ३ छक्का सहित ७८ रनमा अविजित रहे । हार्दिक पान्ड्या २१ रनमा अविजित रहे । हार्दिकले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

मुम्बईलाई ओपनर रोहित शर्मा र डी ककले १०।३ ओभरमा ९४ रनको साझेदारी गर्दै सहज जिततर्फ डोर्याएका थिए । रोहित शिवम माभीको बलमा दिनेश कार्तिकबाट ३६ बलमा ५ चौका र १ छक्का सहित ३५ रनमा क्याच आउट भए ।

१४ औं ओभरको तेस्रो बलमा स्पिनर बरुणचक्रवर्तीले सूर्यकुमार यादवलाई १० रनमा बोल्ड आउट गरे । कोलकाता लागि शिवम माभी र बरुण चक्रवर्तीले एक एक विकेट लिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.