Nepal's No. 1 Digital Newspaper

बडादसैं टीका मन्त्र २०७७

बडादसैं टीका मन्त्र २०७७
आयुर्द्रोणसुते ,श्रीयों दशरथे , शत्रुक्षयों राघबे
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानन्च दूर्योधने ।
सौर्यं शान्तनवे , बलं हलधरे, सत्यन्च कुन्तिसुते
विज्ञानं विदुरे, भवन्तु भवन्तां , कीर्तिश्च नारायणे ।।

नेपालीमा अर्थ
( द्रोणाचार्यको छोरा अस्वस्थामाको जस्तो आयु होस् ,
दशरथ राजाको जस्तो उच्च शिर होस् ,
रामले जस्तै शत्रुको बध गर्न सकेस् ,
नहुष राजा ( शिवका ज्वाइँ/ छोरी अशोका सुन्दरीका पति)जस्तै ऐश्वर्यशाली बनेस् ,
पवनको जस्तो तेज / गति होस् ,
दूर्योधनलाई उनका भाइले माने जस्तै तिमीलाई आफन्तले मानून् ,
नवग्रह सूर्य जस्तै उज्यालो/ चम्किलो र शान्त बनेस् ,
बलरामले जस्तै संघर्ष गरेस् ,
कुन्तिका छोरा जस्तै सत्यवादी बनेस् ,
दासीपुत्र विदुरले जस्तै ज्ञान/ विज्ञान जानेस्
र भगवान् विष्णुको जस्तै कीर्ति फैलियोस् ।)
अथवा
ॐ जयन्ती , मङ्गला , काली,
भद्रकाली , कपालिनी,
दुर्गा, क्षमा, शिवाधात्री,
स्वाहा स्वाधा नमस्तुते :
लक्ष्मीप्रसाद ढकाल
दर्शनाचार्य अध्ययनरत

त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.