Nepal's No. 1 Digital Newspaper

सानिमा इक्वीटी फण्डले तोक्यो लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति

३० असोज ,काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

फण्डले लाभांश वितरण प्रयोजनका लागि कात्तिक १४ गते एक दिन बुकक्लोज गर्ने भएको छ। फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाका इकाईधनीहरुलाई ७ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सो लाभांश वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज मिति तोकेको हो।

Order Now: 98510-87891

यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.