Nepal's No. 1 Digital Newspaper

आइपीएलमा मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्स भिड्दै

३० असोज , एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शुक्रबारसाविक विजेता मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुदैछ ।

अबुधाबीमा मुम्बई र कोलकत्ता आठौं खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

Order Now: 98510-87891

कोलकत्ता मुम्बईसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।

मुम्बईले कोलकत्ताविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्ने छन् ।

कोलकत्तालाई दिनेशसँगै आन्द्रे रसेल, इयान मोर्गन, आन्द्रे रसेल,कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडीको साथ रहने छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.