Nepal's No. 1 Digital Newspaper

नवरात्रमा नवदुर्गा देवीलाई के नैवेद्द चढाउने ,घटस्थापना र टिकाको साइत साथै वली भनेको के हो त् ?

३० असोज, काठमाडौँ । नवरात्रमा सके रामायण पाठ नसके भगवान श्रीरामको स्तुति सम्पूर्ण मानवहरुले गाउनु पर्दछ।

रामो राजमणि :सदा विजयते रामं रमेशं भजे
रामेणाभिहता निशाचरचमू रामाय तस्मै नम ।।
रामान्नास्ति परायणं परतरं रामस्य दासोsस्म्यहं
रामे चित्तलय : सदा भवतु मे भो राम मामुद्धर।।

Order Now: 98510-87891

अर्थात् – राजाहरुमा श्रेष्ठ श्रीरामको सधैं विजय प्राप्त भएको थियो।म लक्ष्मीपति भगवान रामको भजन गर्दछु।जुन रामचन्द्रजीले सम्पूर्ण राक्षस सेनाको ध्वंस गर्नुभएको थियो। म उहाँलाई प्रणाम गर्दछु। रामभन्दा ठूलो कोहि आश्रय छैन। म उनै रामचन्द्रको दास हुँ। मेरो चित्त सधैं राममा नै लिन भैरहेको छ ।

हे राम !हजुर मेरो उद्धार गर्नुहवस।
नवरात्रिको महत्व हामीहरु सवैले बुझ्नु जरुरि छ !

मिति २०७७ साल कार्तिक १ गते शनिबार आश्विन शुल्कपक्ष प्रतिपदा {परेवा}तिथी राती ११ : २९ बजेसम्म त्यस उप्रान्त दुतिया तिथी आरम्भहुने भएकोले घटस्थापनाको साईत बिहान ११ : ४६ बजे रहेको छ भने १० गते सोमबार विजयादशमी अर्थात् दशैंको टीका परेको छ ।विजयादशमीको दिन प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान १० बजेर १९ मिनेटको साइत रहेको छ।प्रतिपदा दिन देखि १० गते सोमबार दशमीमा देवीको बिशेष पूजा ,अर्चनागरी १४ गते शुक्रबार कोजाग्रत पूर्णिमाको दिन बिसर्जन गर्ने गरिन्छ।

दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले चिनिन्छ । यो नेपालीहरूको प्रमुख पर्व हो । विशेषगरी हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो । दसैँ नेपालीहरू र विशेषत: नेपाली हिन्दुहरूको सबैभन्दा ठुलो पर्व हो।

नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ। हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दसैँ पनि अङ्ग्रेजी क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ । दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ।

दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ | यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी,विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन् ।आश्विन शुक्ल प्रतिपदामा जमरा राखी यो दिन –

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।

परेवाको दिन शैलपुत्री देवीको पूजा ,अर्चनागरी नैवेद्द घ्यू,द्वितीयाको दिन ब्रह्मचारिणी देवीको पूजागरी नैवेद्द शख्खर,तृतीयाको दिन चन्द्रघण्टा देवीको पूजागरी नैवेद्द दुध,चौंथीको दिन कुश्माण्डा देवीको पूजागरी नैवेद्द पूवा ,पञ्चमीको दिन स्कन्दमाता देवीको पूजागरी नैवेद्द केरा ,षष्ठीको दिन कात्यायनी देवीको पूजागरी नैवेद्द मह ,सप्तमीको दिन कालरात्रि देवीको पूजागरी नैवेद्द चाकु ,अष्टमीको दिन महागौरी देवीको पूजागरी नैवेद्द नरिवेल, नवमीको दिन सिद्धिदात्री देवीको पूजागरी नैवेद्द लावा चढाउनु पर्दछ र नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठगरी नवदुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजा आजा र आराधाना गरिन्छ ।

विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।आश्विन शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा मनाइन्छ । यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ ।

आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्ष्यमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । दसैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा एउटा हो अरू दुईवटा हुन् चैत्र (चैत)को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्।

प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ। रावणको विशाल पुतला बनाएर जलाईन्छ। विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो।

दसैँ पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ। प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ। यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ। यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ। यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउघरमा चलिआएको अन्न छरिन्छ। जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ।

अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ। ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश। पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ ।

षष्ठी तिथिमा बेलको हाँगामा तेल, हल्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन दसंै घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ ।

खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र -हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ।

आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुन्छन् । जमरालाई महौषधि भनिएको छ । निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् ।

अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ बाल्मिकी रामायण, दुर्गासप्तशती -चण्डी), स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ।सातौं दिनलाई फूल पाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दसौँ दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ।

नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ ।वषर्ा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् ।

यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ। अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याएर बढाइँ साथ हनुमानढोका दरबारमा भित्र्याइन्छ|

नवरात्रिको आठौं दिनमा महाकाली -भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ।काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ।महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्।वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो । वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध -हतियार) हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ ।

हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् । नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई नरिवेल बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु ।काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ ।

त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले ।बलि प्रथा के हो बुझौं !
वलि दिने बिषयमा भन्नु पर्दा एसियाकै सबैभन्दा बढी वलि दिने ठाउँ नेपाल मानिन्छ।यो नेपालको बारा जिल्लाको गढीमाई हो।बैदिक कालमा यो प्रथा थिएन।पछि मध्य कालमा तान्त्रिक अश्वक्रान्त र रथक्रान्त जस्ता धूर्त तान्त्रिकहरुले आफ्नो सामर्थ देखाएर जवरजस्ति घुसाएका हुन्।त्यसैलाई नै आजसम्मका मानिसले पुर्खाले चलाएको धर्म भनेर बलि प्रथा चलाएका हुन्।

बास्तवमा बेद भन्दा बाहिर गएर बलि प्रथा पाइन्छ। वेदमा “माँ हिंस्यात सर्वभूतानि अहिंसा परमो धर्म :”भनिएको छ।प्राणीहरुको हिंसा गर्नु महापातक हो ,हिंसा रहितहुनु नै धर्म हो। वलि भनेको समर्पण भाव हो। मन देबिमा चढाउनु हो ,पञ्चवलि दिनु भनेको पाँच विषय {काम ,क्रोध ,लोभ ,मोह ,मात्श्चर्य }रुपी पाशोले बाँधिएको अहंकाररुपी काम बासनाले मत्त भएको बोकोलाई मन रुपी हातले समाई विवेकरुपी तरवारले विषयरुपी क्रोधलाई मार्नु भनेको हो। प्राणीहरुको आँशु र मासु ,खानु {खान दिनु }भन्ने कुरा वेदमा नभएकोहुनाले पाश्चात्य दार्शनिकहरुले पनि हिंसा गर्नेलाई मान्दैनन्।

फेरि चण्डी {दुर्गा सप्तसति }को पाँचौं अध्याय “या देवी सर्वभूतेषु दयारुपेण संस्थिता ,२३ ,मातृरुपेण संस्थिता,नमस्तस्यै नमस्तस्यै नमस्तस्यैनमोनम:२५ श्लोक “अर्थात् हे देवी हजुर दयाको खानी हुनुहुन्छ भनि निर्दई काम गर्ने ,फेरि संसारकी आमा पनि भन्ने अनि आमाको अगाडी छोरो काट्ने कस्तो बिडम्वना के आमाले आफ्नु छोराको मासु खानुहुन्छ, कदापी खानुहुन्न ,यादगर्नु हवस!देवी भागवत नवमस्कन्ध ३३ अध्याय “यो भुक्ते च वृथा मांसं मांसलोभी द्विजाधमं।हरेरनैवेध्य भोजी कृमीकुन्डे प्रयाती स।।६२

श्लोक “मासु खाने र इष्टदेवलाई चढाउने ,तिन जन्म म्ळेच्छयोनि अनि शुद्र र त्यसपछि शुद्रको श्राद्ध खाने ब्राम्हण हुन्छ।

हिंसा गरेर खानुहुँदैन “अनुमन्ता निससिता निहन्ता क्रय -विक्रयी।संस्कर्ता चोपहर्ता च खादका अष्टघातका “//

अर्थात् अनुमतिदिने ,डोह्राएरलैजाने ,बेच्ने ,किन्ने ,काट्ने ,तौलने ,पकाउने र खाने यी आठ जनालाई पाप लाग्दछ।

त्यसैले खानु हुँदैन्। “बर्षे -बर्षे अश्वमेधेन यो यजेत शतं समा :/यस्तु मांसं न खादेत तयो :पुण्यफलं समम् “//

अर्थात् लाखौं रुपैयाँ खर्चगरेर सय वर्षसम्म अश्वमेध यज्ञ गरेको फल र हिंसा {हत्या } त्यागेर मासु नखाएमा बराबरी धर्महुन्छ। भनौ अव हामी मनुष्यहरू के गर्दछौं।हिंसा या अहिंसा हजुरहरुको रोजाई ! नवरात्रिको दशौ दिनलाई विजयादशमी पनि भनिन्छ | यस तिथि निर्धारण देहाय आधारमा हुन्छ । श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः।।

(आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दसमीलाई विजयादसमी भन्ने बुझ्नुपर्छ।) सा नवमीविद्धा कर्तव्या नत्वैकादशीयुक्ता।।

(दसमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दसमी मान्य हुन्छ, एकादसीसहितको दसमी मान्य हुँदैन।) मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम्।।

विजयाख्योष्टमः।।
(मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन्।)

किञ्चित्सन्ध्यामतिक्रम्य किञ्चिदुत्पन्नतारकाः।।
विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः।।

(कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन्। तर विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ।) उक्त लिखित प्रमाणका आधारमा विजयादसमीको साइत निर्धारण गर्न न्यूनतम आधारका रूपमा श्रवण नक्षत्र र विजय मुहूर्त (मध्याह्नको समय) लाईलिनुपर्ने हुन्छ।

यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ | सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ।

त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी। यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ ।

अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।

टीका लाउँदा दिने आशिषः-

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ ।

मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ।

यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ। ‘आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी। इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्। रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।’

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ।

अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जाने गरिन्छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.