Nepal's No. 1 Digital Newspaper

नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव छ औ कृषि मन्त्रालय

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।

कृषि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले बिहीबार सो सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ ।

Order Now: 98510-87891

प्रारम्भिक प्रतिवेदनमा नेपालमा रसायनिक मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्राविधिक अध्ययन भने आवश्यक रहेको उल्लेख छ ।

प्रतिवेदनमा तत्काल युरिया प्लान्ट स्थापना गर्नका लागि बायोमास ग्यासिफिकेसन र जलविद्युतको हाइव्रिड प्रविधि अवलम्वन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

नेपालमा जलविद्युतको पर्याप्त उत्पादन हुन थालेकाले विद्युतको महसुल घट्ने आँकलन गर्दै कार्यदलले उक्त प्रविधि उपयुक्त रहेको जनाएको छ ।

युरिया मल उत्पादनका लागि उपयुक्त प्रविधिको छनौट र त्यससँग सम्वन्धित आर्थिक विश्लेषणका पाटोमा थप अध्ययन गर्न सम्बन्धित विषयका प्राविधिक÷विज्ञहरुसँग छलफल गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।

रसायनिक मल कारखाना स्थापना सम्बन्धमा हालसम्म भएका अध्ययन प्रतिवेदनहरुको विस्तृत समीक्षा र अनुसन्धात्मक अध्ययन गर्ने कार्यादेश कार्यदलले पाएको थियो ।

प्रतिवेदन बुझ्दै मन्त्री भुसालले राजनीतिक तहमा मात्र उठ्दै आएको रसायनिक मल कारखाना खोल्ने विषय अब मन्त्रालयले औपचारिक रुपमा ग्रहण गरेको बताए ।

‘मल कारखाना खोल्ने विषय थप प्राविधिक अध्ययन गर्दै तार्किक निष्कर्षमा पु¥याइने छ,’ मन्त्री भुसालले भने ।

लगानी बोर्ड र जाइकाले गरेको अध्ययनको समयभन्दा अहिले प्रविधिमा धेरै विकास भइसकेकाले कारखाना स्थापनाको लागत अझ कम हुन सक्ने सम्भावना रहेको मन्त्री भुसालको भनाइ छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.