Nepal's No. 1 Digital Newspaper

ट्‍वीटरले ह्‍वाइटहाउस प्रेस सेक्रेटरीको एकाउन्ट बन्‍द गरिदियो !

२९ असाेज, वासिङटन (एजेन्सी) । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्याले म्याकएननीको ट्वीटर एकाउन्ट ट्वीटरले बन्द गरिदिएको छ ।

डेमोक्रेट्सको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनका छोरामाथि भ्रष्टाचार आरोपको समाचार शेयर गरेपछि उनको ट्वीटर एकाउन्ट ट्वीटरले लक गरिदिएको हो । राष्ट्रपति डोनल्ड ट्रम्प्ले यसबारे बताएका हुन् । न्युयोर्क पोस्टमा प्रकाशित जो बाइडेनका छोरा हन्टर बाइडेनको भ्रष्टाचार सम्बन्धी समाचार म्याकएननीले शेयर गरेपछि ट्वीटर बन्द गरिएको दावी गरिएको हो ।

Order Now: 98510-87891

‘ह्वाइट हाउसकी प्रेर सेक्रेटरी क्यालेले डेमोक्रेट्सलाई मन नपर्ने समाचार शेयर गरेपछि ट्वीटरले उनको एकाउन्ट बन्द गरेको छ,’ ट्रम्पको अभियानबाट ट्वीट गरिएको छ ।

‘उनीहरुले उनको एकाउन्ट बन्द गरिदिए, उनी ह्वाइट हाउसको प्रेस सेक्रेटरी हुन् । उनीहरुले उनको एकाउन्ट बन्द गरे किनकि, उनले सत्य रिपोर्टिङ गरेकी छन् । यसैले हेरौँ के हुँदैछ,’ ट्रम्पले भनेका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.