Nepal's No. 1 Digital Newspaper

लागुऔषध मामलामा विवेकको घरमा प्रहरीको छापा

२९ असोज, मुम्बई (एजेन्सी) । बलिउड अभिनेता विवेक ओबेरायको घरमा लागुऔषध मामलामा बेंगलुरु सेन्ट्रल क्राइम ब्रान्चका अधिकारीले छापा मारेका छन् । अधिकारीहरुले यो समयमा अभिनेताकी पत्नीका भाई अर्थात् उनका साला आदित्य अल्वाको खोजी गरिररहेका छन् ।

यही सिलसिलामा प्रहरीले विवेकको मुम्बईस्थित घरमा छापा मारेको हो । लागुऔषध मामलमा आरोप लागेपछि आदित्य फरार छन् ।

Order Now: 98510-87891

आदित्य कर्नाटकका पूर्व मन्त्री जीवाराज अल्बाका छोरा हुन् । लागुऔषध मामलामा आदित्यसहित कन्नड फिल्म उद्योगका कैयौं गायक तथा अभिनेताको नाम मुछिएको छ ।

एक प्रहरी अधिकृतका अनुसार आदित्य विवेकको घरमा रहेको आफूले सूचना पाएपछि उनको घरमा छापा मारिएको हो । अदालतले सर्च वारेन्ट जारी गरेपछि सेन्ट्रल क्राइम ब्रान्चको टिम उनको मुम्बईस्थित निवासमा पुगेको हो ।

सेडलवुड ड्रर रेकेटको पर्दाफास कन्नड फिल्म निर्माता इन्द्रजीत लंकेशले यो वर्षको शुरुवातमा गरेका थिए ।

यो मामलामा लागुऔषध निर्यातकर्ता तथा रेव पार्टीका आयोजक शिवप्रकाश चुप्पी र शेख फाजिललगायत पनि फरार छन् ।

यही बीचमा प्रहरीले लागुऔषध मामलामा १२ व्यक्तिलाई पक्राउ गरेको छ । यो मामलामा अभिनेत्री रागिनी द्विवेदी र संजना गलरानी न्यायिक हिरासतमा छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.