Nepal's No. 1 Digital Newspaper

नेसन्स लिगमा फ्रान्स पोर्चुगल र बेल्जियम विजयी

२९ असोज , एजेन्सी । गएराति भएको नेसन्स लिगका विभिन्न समूह अन्तर्गतका खेलहरुमा फ्रान्स,पोर्चुगल ,पोल्यान्ड , डेनमार्क ,बेल्जियम , वेल्स लगायतले खेल जितेका छन । इटाली तथा नेदरल्यान्डले बराबरी खेल्दा इंग्ल्यान्ड भने डेनमार्क संग पराजित भएको छ ।

यूईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले क्रोएसियालाई हराएको छ । फ्रान्सले क्रोएसियालाई २–१ गोल अन्तरले हराएको हो । खेलमा  ग्रिजम्यान र केलियन एम्बाप्पेले गोल गर्दा क्राेएसीयाका व्लासिक गोल गरेका थिए ।

Order Now: 98510-87891

कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले स्विडेनलाई ३–० ले हराएको छ । पोर्चुगलको लागि बर्नार्डो सिल्भा र डिएगो जोटा गोल गर्न सफल भए ।

त्यस्तै अन्य खेलमा  लेवान्डोस्की प्रेरित पोल्याण्डले बोस्निया हर्जगोभिनालाई ३–० गोल गर्दे टोलीलाई बिजयी गराएको छ ।

इटाली र नेदरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । भान डी विकले २५ औं मिनेटमा नेदरल्याण्डका लागि बराबरी गोल फर्काएका थिए । खेलमा अग्रता इटालीले १६ औं मिनेटमा लोरेन्जो पेलेग्रिनीको गोलबाट लिएको थियो ।

नेसन्स लिगमा इंग्ल्यान्डले भने डेनमार्क संग हार बेहोरेको छ । खेलमा डेनमार्कले इंग्ल्यान्डलाई १–० ले हराएको हो । खेलको ३५ औं मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टीमा गोल गर्दै डेनमार्क लागि विजयी गोल गरेका थिए ।

सोही समूहको अर्को खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले हरायो । रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले आइसल्याण्डविरुद्ध जित निकाल्न सफल रह्यो ।

खेलको नवौं मिनेटमा लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए । तर १७ औं मिनेटमा आइसल्याण्डका बिरकिर सवार्सनले बराबरी गोल फर्काए । ३८ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण तीन अंक दिलाए ।

यस संगै वेल्सलेपनि बुल्गेरियालाई १–० गोल अन्तरले हराएको हो । वेल्सको जितमा खेलको अन्तिम समयमा जोनी विलियम्सले गोल गरे ।वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८५ औं मिनेटमा गोल गर्दै वेल्सलाई जित दिलाए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.