Nepal's No. 1 Digital Newspaper

मेकअप आर्टिस्ट एंव सौन्दर्य सिप कलाको भुमिकामा छबु कार्की(बस्नेत)

२९ असोज, काठमाडौं । आफ्नो शिप क्षमताको क़दर गर्दै कड़ा मेहेनत र लगनशीलताका साथ लगातार रुपमा मेकअप आर्टिस्ट क्षेत्रप्रती आफुलाइ समर्पित गरी अग्रपंतिमा आउन सफल व्यक्ति हुन छबु कार्की।

२०२८ सालमा पिता तोरणकार्की तथा माता कमला कार्कीको दोस्रो सन्तान भएर जन्मीनु भएकी, सानैबेलादेखी आफुलाइ केही न केही शिर्जन तथा कलात्मक कार्यहरु गर्न रुचाउनुहुने क्रममा आर्टकला, हस्तकला, बुटीक(कपडाकोडीजाइन) गर्दै ब्युटिसीयन क्षेत्रतिर लाग्नुभयो।

Order Now: 98510-87891

यसैक्रममा निरन्तरता कार्य गर्दै फ़िल्म, म्यूज़िक भिंडियों, टेलिफ़िल्महरु साथै मोडलींग क्षेत्रमा मेकअप आर्टिस्टको रुपमा आफुलाइ अग्रपंतिमा चिनाउन सफल हुनुभएकोछ। उहाँ अमेरीकाको टेक्सासमा ५ बर्ष यसै क्षेत्रमा कार्य गरी फर्कीनुभएको हो।

उहाले देश बिदेशमा आफुले पाएको शिक्षा, कलालाइ यसै क्षेत्रमा आउन चाहने ब्यक्तिहरुलाइ तालीम दिइ रोज़गारीकालागी सक्षम बनाउन सहयोग पुर्याइरहनु भएको छ। अाउनुहाेस उहि मेहेनती र लगनशील मेकअप आर्टिस्ट छबु कार्की संग डिजिटल खबरले गरेको छोटो कुराकानी ।

१. सर्वप्रथम त यस ब्युटिसीयन क्षेत्रमा कसरी पुग्नु भयो ?

पहीलादेखिनै श्रिजनसील, कलात्मक र क्रियाशील हुन रुचाउने मेरो व्यक्तित्व रहेका कारण र जिबनमा आफ्नै क्षमता, योग्यताका साथ एउटा उच्च र अग्रस्थानमा आफुलाइ पुगेको हेर्न चाहने लक्ष, सपनाका कारण म यस्तो कामको खोजिमा थिए जसले मलाइ नाम इज़्ज़त स्वाभिमान दिनको साथ साथै मेरो कलाकारीता समेत त्यसमा छल्कीयोस भनिन्छ अभिप्रायका कारण आर्टकला, हस्तकला, बुटीक गर्दैजाने क्रममा ब्युटिसियन क्षेत्रमा आकर्षित हुनपुगे र CTEVT लगायत बिभीन्न इन्स्टिट्यूटबाट एडवांस तथा स्पेशल कोर्सहरु जस्तै मेकअप आर्ट, नेल आर्ट, मेहेन्दि कोर्स, फेसीयल,आइलासेस, फुलबडी वाक्स लगायत थुप्रै बिसयहरुमा ट्रेनींग लीइ आफ्नो पेशामा दक्षता हासिल गर्दै गए र यसै क्षेत्रमा कार्यरत रही केही गरेर देखाउने इच्छाले यसै क्षेत्रमा आबद्द छु।

२. हाम्रो नेपाली समाजमा ब्युटीपार्लरहरुको कस्तो भुमीका छ ?

बास्तवमा ब्युटिपर्लरहरुले समाजमा प्रत्यक्ष प्रभाव पारेको छ कीनकी यसै क्षेत्रमा लागेर महीलाहरुले आफुलाइ सक्षम उध्धमसील बन्ने सहज बिकल्प हो। स्वाभिमानका साथ थोरै लगानी अनी सानों ठाउमा पनी संचालन गर्न सकीने यो ब्यबसायमा मानसम्मान पनी त्यतीकै छ यीनै पर्लरहरुद्वारा गरीएको बिभीन्नतालीमद्वारा महीलाहरुलाइ प्रोत्साहन गरी स्वाबलम्बी र आत्मनिर्भर बनाउने ठुलो सहयोग पुर्याएको छ।महीलाहरुलाइ स्वाबल्मबी बनाउनु भनेको नै समाजस्तरलाइ माथी उठाउनु हो।

३. यस ब्युटिसीयन क्षेत्रप्रती तपाईंको धारणा कस्तो गरेको छ?

बास्तवमा यो ब्युटिसियन क्षेत्र अत्यन्त शम्बेदनसिल क्षेत्र हो। किनकी हाम्रो शरीरको हरेक अंगहरुलाइ कसरी राम्रो र शुरक्षा राख्न सक्छौ भन्नेकुराको ज्ञान र शेवा दुबैकुरा ब्युटिपार्लरहरुले दिइराखेको हुन्छ। एउटा ब्युटिसीयनले हरेक ब्यक्तिहरुलाइ राम्री अथवा सुन्दर बन्न मात्र हैन स्कीनको केयर, हेयर केयर, नेल केयर लगायत पुरा शरीरकै टेक केयर गर्ने कुरालाइ ध्यान पुर्याएको हुन्छ त्यसैले यो ब्युटिसीयन क्षेत्र भनेको समाजकोलागी अत्यन्त आवश्यक क्षेत्र भित्र पर्दछ यो क्षेत्रलाइ ब्युटी हेल्थ केयर क्लिनीक भन्दा अझ राम्रो होला। यो हाम्रो हेल्थ सम्बन्धित पनी कुराहो चाहे पुरुष हो चाहे महिला कीनकी हाम्रो हेल्थ भनेको पहिलो प्राथमिकता हो। यो कुरा हाम्रो समाजलाइ बुझाउनु एकदम ज़रूरी छ ।

४. नेपालमा ब्युटिसीयन क्षेत्रलाइ पाठ्यपुस्तकमा समावेश गर्न सकीने कत्तिको सम्भावना छ?

ब्युटिसीयन क्षेत्र टेक्नीकल साथै उद्दमी क्षेत्र भएकाले यस क्षेत्रमा धेरै अबसरहरुको सम्भावना छन र मर्यादित पनी छ। हाम्रो नेपालका स्कुलहरुका पाठ्यपुस्तकहरुमा यस कस्मेटोलोजी बिषयलाइ समेट्न सकेको छैन तर समेट्नु अत्यन्त आबश्यक छ कीनकी यो बिषय हाम्रो समाजकोलागी महत्वपूर्ण भुमीका नीभाउने बिषय बस्तु हो अथवा हाम्रो श्वास्थ्य भित्र पर्ने संबेदनशिल बिषय हो त्यसैले यस बिषय सम्बन्धित अग्रज बिद्वान ब्यक्तिहरुको सल्लाह र गहीरो अध्ययनद्वारा कॉस्मेटोलॉजी बिषयलाइ नेपालको पाठ्यक्रममा भित्र्याउनु अत्यन्त ज़रूरी छ। मैले हालै एउटा ब्युटी ट्रेनिंगमा जादा सुनेअनुसार अब आउने बर्षदेखी स्कुल लेभलदेखीनै यस बिषयलाइ समाबेस गरीदैछ। यो हाम्रो क्षेत्रको लागी अत्यन्तै खुशिको बिषय हो।हाम्रो शरीरको संबेदनसिल अंगहरुको बिषयलाइ हलुका नलीइ बृस्तित बिषयबस्तु तयार गरीनु अत्यन्त राम्रो कार्य हो जुन कारणले गर्दा यस क्षेत्रलाइ हेर्ने मानवीय दृस्टीकोणको मूल्याँकन अझैमाथि पुग्ने बिस्वास छ।

५. तपाईंको यस मेकअपआर्ट क्षेत्रप्रतीको अनुभव कस्तो रहेको छ ?

मेकअपआर्ट साथै ब्युटीसीयन क्षेत्र मेरो आफ्नो चाहनाको बिषय भएकाले म अत्यन्तै सन्तुष्ट छु। मैले यस क्षेत्र अन्तर्गत बिभीन्न मेकअप, स्कीन केयर, हेयर केयर, नेल केयर, र बिशेष गरेर ब्राइडल मेकअपलाइ निरन्तरता दिदै ठुलो पर्दा देखी सानों पर्दा सम्म र टेली सिरीयल, म्यूज़िक भिडीओहरु साथै बिभीन्न संघ-संस्था र बिशिस्ठ ब्यक्तीहरु संग काम गर्ने राम्रो अबसरहरु पाएँ, यसैक्रममा राष्ट्रीय अन्तराष्ट्रीय ब्यक्तित्वहरुद्वारा ब्राइडल मेकअप कम्पिटीसनमा बेस्ट ट्यलेन्ट , बेस्ट हेयर, बेस्ट पर्सनालिटी, बेस्ट मेहेन्दि आर्टिस्ट लगायत थुप्रै बिधाहरुमा टाइटल अवार्डहरु पनी जित्न सफल भएको छु साथ साथै बिभीन्न आर्थिक स्तर न्युन भएका दिगीबहीनीहरुलाइ समेत तालीम दिइ कैयौंलाइ रोज़गार एंव देश-बिदेश जानकालागी राम्रो अबसरहरु प्राप्त गराउन सफल भएको छु यीनै बिबीध कार्यहरुले मलाइ आत्मसंन्तुस्टी प्राप्त हुन्छ यसैमा म ख़ुशी छु।हालैपनी “आधा ख़ुशी” नामक टेलिफ़िल्ममा मेकअप आर्टिस्ट को रुपमा काम गर्दैछु ।

६. तपाइ यो क्षेत्रमा कार्यरत भएको कारणले नया पीडीहरुलाइ कस्तो सल्लहा दिन चाहनुहुन्छ?

यस क्षेत्रमा आउन चाहने ब्यक्तीहरुले सर्वप्रथम त यस बिषयप्रती पुर्ण जानकारी हॉंसील गरी आफुलाइ क्षमतावान बनाउनुपर्यो साथै गहन अध्ययन गरी नीपुर्ण प्रोफ़ेशनल ब्युटिसीयनहरुको छत्रछायामा रही राम्रो प्रैक्टिस गर्नुका साथै सर-सफ़ाईलाइ अत्यन्तै ध्यान राख्नुपर्नेहुन्छ। बिशेष गरेर क्लाइन्टहरुसंग मीठो हासेर डील गर्नुपर्न ज़रूरी छ। यो क्षेत्र सौन्दर्यतालाइ ध्यानमा राख्नुका साथै हेल्थ संग पनी सम्बन्धित भएकाले सर-सफ़ाई,सेनीटाइजरलाइ मुख्य ध्यनपुर्याउनु ज़रूरी छ भन्ने कुरालाइ बुझ्नु र बुझाउनु अत्यन्त अाब्यश्यक छ।

७. अहिलेको परीस्थितीमा कत्तिको ब्यस्त हुनुहुन्छ ?

अहीलेको यो कोभिट १९ को बिसम अफ्ठेरो परिस्थितिमा कुनै पनी कुरा सहज र सरल छैन पार्लरहरु बन्द छन कुनै खुलेका भए पनी त्यती सजिलो छैन । यो ब्यबसायलाइ धरातलमा नै पुर्याएको छ, नराम्रो असर पुर्यएको छ, सबैको रोजीरोटी हरायो केही अगाडी बडेर गर्न सकीनो अबस्था छैन।अरु सामन्यतया त ब्यस्त नै हुन्छु । घर ब्यबहार का साथै कहीले काही सहजताको बाताबरण मीलाउदै टेलि सिरियलहरुको निर्माण गर्ने कार्य हुदैछ त्यसैमा ब्यस्त छु।सहज परिस्थितिमा बाहिरी प्रोगामहरुबाट निम्तो आकोहुन्छ त्यसैमा अली अली बीजी हुन्छु।

८. सुन्दर बन्नु कत्तिको आवश्यकता छ ?

बास्तवमा सुन्दर बन्नु अत्यन्तै आवश्यक हुन्छ सौन्दर्यले हाम्रो ब्यक्तित्व झल्काउन मद्दत गर्छ । हामीले कस्तो पहीरन, कसरी, कस्तो र त्यसैअनुसारको मेकअप अबस्था अनुसार आफुलाइ कसरी तयार पार्ने भन्ने कुराको पुर्ण ज्ञान हुनु जरुरी हुन्छ जसलाइ सौन्दरयबिदहरुले प्रत्यक्ष सहयोग पुर्याएको हुन्छ । मेरो बिचारमा सुन्दरताले मानीसको शारीरिक र मानसिक दुबैकुरालाइ श्वास्थ राख्न मद्दत पुर्याउछ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.