Nepal's No. 1 Digital Newspaper

अधिक कृष्णपक्ष परमा एकादशीको कस्तो छ त धार्मिक महत्व !

२६ असोज, काठमाडौं । मिति २०७७ साल आश्विन २७ गते मंगलबार अधिक कृष्णपक्ष परमा एकादशी तिथी प्रात : १० / ११ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी आरम्भ, मघा नक्षत्र हुने भएकोले एकादशीको व्रतालुहरुले दशमीको दिन श्रीहरि समक्ष भक्तिभावले सन्तुष्ट चित्त {मन} लिएर यो मन्त्र उच्चारण गर्दै उपवास {एक छाक खानु }बस्नु पर्दछ।

“एकादश्यां निराहार :स्थित्वाहमपरेsहनि। भोक्ष्यामि पुण्डरीकाक्ष शरणं मे भवाच्युत “।।

Order Now: 98510-87891

अर्थात् – कमलनयन भगवान् अच्युत ! म एकादशीको दिन निराहार रहेर दोश्रो {द्वादशी} दिन भोजन गर्दछु। हजुर मलाई शरण दिनुहोस्।भनेर भगवानको नाम – संकिर्तन गर्दै एकादशीको दिन प्रात : आफ्नु नित्यकर्म समापन गरेर यो दिन “नरोत्तम” अर्थात् नर {मानिस }हरुमा उत्तम {श्रेष्ठ} भगवानको पूजा गर्नुपर्दछ।

पूजा गर्दा सर्वप्रथम भगवान समक्ष मन र इन्द्रियहरु वशमाराख्दै विन्तीभावले जागागराई विधिपूर्वक जनार्दन भगवानलाई पञ्चामृतले स्नान र षोडशोपचारले तिल, तुलसी , सुगन्धि फूलहरुद्वारा प्रसन्न भएर गर्नुपर्दछ।त्यसपछी प्रभु समक्ष पार्थना गर्नु उत्तम मानिन्छ।

“अज्ञानतिमिरान्धस्य व्रतेनानेन केशव। प्रसीद सुमुखो भुत्वा ज्ञानद्दष्टिप्रदो भव”//

अर्थात् – केशव ! म अज्ञानरुपी रातले अंधो भएको छु। हजुर यस व्रतबाट प्रसन्न हुनुहोस् र प्रसन्न भएर मलाई ज्ञानद्दष्टि प्रदान गर्नुहोस। यस्तो भाव राखेर यो व्रत सर्वप्रथम कुवेरले गरेको हुनाले शिवजीले धनको मालिक बनाइदिए। त्यसपछि राजा हरिश्चन्द्रले यो व्रत गरेको हुनाले धनाढ्य भएर पछी शत्रुरहित निष्कण्टक राज्य र पत्नी समेत पाएका थिए भने यता पाण्डवहरुले पनि पत्नी सहित भएर यो व्रत विधिपूर्वक गरेको हुनाले पृथ्वी र स्वर्गमा पनि दुर्लभहुने भोगहरुलाई भोगेर पछि अति प्रसन्नहुँदै वैकुण्ठमा गएका थिए।

त्यसैले कलिकालका मनुष्यहरुकोलागी यो व्रत सर्वश्रेष्ठ मानिन्छ। पछि गएर सुमेधा ब्राह्मणको पतिव्रता पत्नी पवित्रा नामगरेको दम्पतीले कौडिन्य ऋषिको आज्ञा मुताविक एकादशी र पञ्चरात्रि {एकादशीदेखि औंशीसम्म ५ रातदिन} व्रतको विधिबिधानले पूर्ण उपवास सहित भगवान श्रीहरिको सेवा – पूजा, दान – धर्म, त्याग – तपस्या, जाग्राम र द्वादशीको दिन दुधले भगवानलाई स्नान गराएर व्रतपूरा भएको अन्तिम दिन यी दुइ दम्पतीलाई भगवानको कृपाले त्यस देशका राजाका छोरा युवराजले नयाँ घर ,गाउँ नै दान दिएका थिए। त्यसपछि परमा एकादशीको भक्तिपूर्वक उपवास गरेको प्रभाव र एकादशीदेखि औंशीसम्म पाँचदिन व्रतगरेको कारणले सुमेधा ब्राह्मण दम्पतीको पहिलेका सवै पापहरु छुटेर यस लोकमा अनेक सुखभोग भोगेर अन्त्यमा वैकुण्ठलोक गएका थिए।

त्यसैले जसले यो पाँच दिन श्रीहरि भगवानको साथमा रहेर यी सम्पूर्ण कार्यहरु गर्दछ भने त्यसले पृथ्वीमा भएका साँढे तिन करोड तिर्थहरुमा स्नान – दान,धर्म ,सेवा – पूजा गरेको फल प्राप्त गरेर अन्त्यमा वैकुण्ठधाम प्राप्त गर्दछ।

जुन मनुष्यहरुले यो पुरुषोत्तम महिनामा स्नान – दान ,धर्म – कर्म ,सेवा – पूजा ,तप – तपस्या,परोपकार आदि पुण्यकर्म गर्दैन भने ति जन्मघाती हुन् र त्यस्ता जनहरु बर्तमान समयमा दु:ख कष्टहरु झेलेर अन्त्यमा चौराशी लाख योनिहरुमा जन्म लिएर आफ्नु पापको सजाय भोक्दछन।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.