Nepal's No. 1 Digital Newspaper

के भयाे बुटवलमा, खै कहा गए कमरेडहरु ?

२० असोज, बुटवल । जब सरकारले सबै प्रदेशका अस्थायी राजधानी ताेक्दैगर्दा बुटवललाई प्रदेश न ५ काे अस्थायी राजधानी ताेकिएकाे थियाे । यति बेला पनि निकै बिबादका बिच राजधानी ताेकिएकाे थियाे । शेरबहादुर देउवाकाे पालाकाे सरकारले अस्थायी राजधानी ताेकेतापनि, प्रदेशसभाकाे पहिलाे बैठकले स्थायि राजधानी र प्रदेशको नामकाे बिषयमा निर्णय लिनुपर्ने कानुनि ब्यबस्था भएपनि धेरै ठाउमा यसाे हुन सकेन ।

Order Now: 98510-87891

त्यसपपछिका प्रत्येक चुनावमा काङ्ग्रेसले आफुहरुले अस्थायी राजधानी बनाएकाे र स्थायिकाे लागि पनि आफुले नै जित्नुपर्ने भन्दै बुटवलमा भाेट माग्याे भने तत्कालीन नेकपा एमाले र नेकपा माअेाबादिले पनि मुख्य एजेन्डामा त्यहि बनाए बुटवलमा ।

जब बुटवलबाट नेकपा एमालेका प्रभावशालि नेता बिष्णु पाैडेलले यहि नारालाई प्राथमिकता दिदै चुनाब जिते तब बुटवलबासि ढुक्क थिए स्थायि राजधानी बुटवल मै बन्नेमा । बुटवलमा प्रदेशसरकारकाे लागि धेरै सम्रचनाहरु बजिसके सरकारले कराेडाै लगानि गरिसक्याे तर ३ बर्षपछि जब नेकपा का दुई अध्यक्ष बिच राजधानी बुटवल बाट दाङ लैजाने सहमति भयाे भन्ने खबर बाहिरियाे तब बुटवलबासि छागाबाट खसेझै भए ।

एकाएक यस्ताे सहमति जब नेकपामा भयाे तब साेहि सर्कुलेसन बमोजिम नेकपाले प्रदेशसरकारले प्रदेशकाे राजधानी दाङ र लुम्बिनी प्रदेशकाे नामाकारण गर्ने प्रस्ताव प्रदेशसभामा पेश गर्ने निर्णय भयाे । बुटवलमा आगाे बल्न थाल्याे । नेपाली काङ्ग्रेस मात्र नभएर रुपन्देहीमा रहेका विभिन्न सङ्घसस्थाहरु र स्वयम् नेकपा निकट विभिन्न सस्थाहरुले बुटवलमा आन्दाेलन जारि राख्याे । सरकारले निषेधाज्ञा लगाएरै भएपनि प्रदेशसभाकाे बैठक सुचारु गर्याेे । बाहिर यति धेरै जनता आक्राेषित भईरहेकाे बेला केही दिन पर्खेर थप सहमतिकाे प्रयास गर्नुपर्ने कुनै आबश्यकता नठानेकाे सरकाले पेलेरै सभा सुचारु गर्ने गरि कार्यसुचि तयार पार्याे ।

सभा शुरुहुने बित्तिकै बिपक्ष साङ्सदहरुले थप छलफल गरेर बैठक शुचारु गर्नुपर्ने माग गर्दै सभामुख सङ्ग आग्रह गरिरहेकाे बखत लाेकतान्त्रिक ब्यबस्था एक दुई दिन बैठक स्थगित गरि थप छलफल र सहमतिकाे प्रयास गर्नुपर्ने थियाे त्याे गरिएन । उक्त दिनकाे सभाकाे झलक हेर्दा सभामुख छिटाे भन्दा छिटाे प्रस्ताव राखि छिटाे भन्दा छिटाे पास गराउन चाहन्थे जस्ताे देखिन्छ , याे हताराे किन र के काे लागि ? भन्ने गम्भीर प्रश्न खडा हुन्छ । हल्लखल्ला र नाराबाजिका बिच मुसुमुसु हास्दै निकै हतार हतार मा बैठक चलाईरहेका सभामुखकाे हाउभाउ हेर्दा लाग्थाे आज उनी निकै ठुलाे युध्द जित्दै छन ।

यस्तो महत्त्वपूर्ण बिषयमा लामाे छलफल गन्थनमन्थन बिचारबिमर्श गर्नुपर्ने र अन्तत कानुन बमाेजिम अघिबढ्नुपर्नेमा बिचरा आफ्नै पार्टिका सदस्यलाई समेत बाेल्न नदिई आफ्नैलाई समेत पेलेर अघिबढ्ने याे कुन चाहिँ साम्सदिय मर्यदा हाेला ? सभामा बहुमत छ बेला यहि हाे प्रतिपक्षलाइ पेलेरै अघिबढाै भन्ने सम्म साेचे पनि आफ्नैलाइ पेलेर अघि बढ्ने ब्यबस्था के लाेकतान्त्रिक गणतन्त्र हुनसक्ला त ?

सायद यी र यस्तै बिषयमा गहन छलफल गर्न र उचित निर्णय गरि प्रदेशलाई समुन्नत बनाउन हाेला प्रदेशसभाकाे परिकल्पना गरिएकाे तर बाेल्नै नपाइने छलफल नै नहुने भएपछि प्रदेशसभा र यसका सदस्यहरुकाे के काम ? यस्ताे सभाकाे लागि अर्बौं खर्च गरेर किन चुनाब गर्नु र कराेडाै खर्च गरेर यिनिहरुलाई किन पाल्ने त ? अब त आम नागरिकले याे बहस अगाडि बढाउने कि ? प्रदेश न५ काे बैठकले जे निर्णय गरेता पनि , याे सभालाई नजिकबाट हेरिरहेका अधिकाङ्स नागरिकहरुले प्रदेशसरकारकाे आैचित्य बारे बहस गर्न सुरुगरेका छन ।

जब सभामुख र कानुन मन्त्रीले पेलेरै अघि बढ्ने मनसायमा पुगे तब प्रदेसभा बैठकहल युध्दमैदान जस्तै भयाे काङ्ग्रेसका सदस्यहरु ताेडफाेडमा उत्रिए भने स्वयम प्रदेशका कानुन मन्त्रीले मर्यादा बिपरित भाषाकाे प्रयाेग गरे जुन गरिमामय सभामा शाेभा दिईरहेकाे थिएन । जे नहुनुु पर्ने थियाे त्याे भयाे र निकै निन्दनीय भयाे यसमा सायद कसैकाे दुईमत छैन । तर अर्काे काेणबाट साेचै त , सभामा बिपक्षी सदस्यहरुले बारम्बार थप छलफल गरेर अघिबढाै भनेर अनुराेध गरे ,नाराबाजि गरे , बैठक बिथाेल्ने प्रयास गरे बिपक्षी ले यति विधि गरेपछि सरकारले केही समय लिएर बिपक्षी सङ्ग छलफलकाे प्रयास गर्नुपर्ने थियेा तर पेलेरै लाने बिपक्षीलाई घिसारेर बाहिर फालेरै अगाडि बढ्ने आसय र अभिब्यक्ति जब सभामुख र कानुनमन्त्रि बाट आएपछि बाकि केही नदेखेपछि बिपक्षी सदस्यहरुले जे गरे ठिकै गरे भन्ने पनि अर्काेे तर्क रहन्छ । कहिलेकाहीँ बाध्य भएर अन्तिम चरणमा अशाेभनिय कार्य गर्न पनि मानिस बिवश हुन्छ सायद यहि भयाे हाेला सभामा ।

अर्काे कुरा जसले कुर्सी भाच्याे त्यसलाई मूल्य तिराउनुपर्ने भन्ने जबर्जस्त माग सामाजिक सन्जालमा उठिरहेकाे छ । म यसमा सहमत छु तर ३ बर्षसम्म स्थायि राजधानीकाे निर्णय नगर्ने र उक्त अबधिमा बुटवलमा प्रदेशसरकारले लगानि गरेकाे रकम पनि अब त बालुवामा पनि झै भयाे हाेला नि त्यसैले जसजसले दाङकाे पक्षमा भाेटिङ गरे तिनहरुले अहिलेसम्म प्रदेशसरकारकाे नाममा बुटवलमा गरेकाे लगानि तिर्ने कि न तिर्ने के यसकाे क्षतिपूर्ति उनिहरुबाट असुल्नु नपर्ला त ?

याे अबधिमा बुटवलबासिले यसाेगरे उसाे गरे , बुटवल साङ्सदहरुले बिराेधमा यसाे गरे उसाे गरे भन्दैै सामाजिक सन्जालमा राेईलाे गर्ने मित्रहरु , के बुटवलमै बसेर बुटवलकै बिरुद्ध निर्यण गर्दै गर्दा बुटवलबासिहरु टुलुटुलु हेरेर बस्नुपर्ने थियाे त ? जसले पद र पैसा मा बिकेनन ती बुटवलबासिहरु डटेर आफ्नाे माटाेकाे लागि लडे सलाम छ ती बुटवल बासिहरुलाइ ।

झर्लङ्ग देखियाे नि, बुटवल स्थायि राजधानि बनाउन मैले जित्नै पर्छ भनेर कुर्लिकुर्लि भाषाण गरेर जितेका हाम्रा नेता जब केन्द्रीय सरकारकाे मन्त्री पक्का भयाे तब लुकेर टुलुटुलु हेरेर बसकाे ? यिनिहरुलााा ई के माटाेकाे माया के आफ्ना मतदाताकाे माया , माया त छ केबल पद, पावर र पैसा कै । याे बेलामा कहाँ गए बुटवल राजधानि बनाएरै छाेड्छाै भन्नेे क.बिष्णु र क. घनश्याम । हुन त नेताहरुलाइ केकाे लाज के काे डर । जे सुकै गरेपनि जनताले उनिहरुलाई कार्बाहि गर्ने छैनन। अर्काे चुनाबमा फेरि हामी एक हातमा बियर र अर्काे हातमा चिकन लेगपिस लिएर क. बिष्णु जिन्दावाद क. घनश्याम जिन्दाबाद भन्दै हिड्ने छाै । त्यसैले नेताहरुले जे गरेपनि ढुक्क छन ।

नहरुले चाहेकाे भए केही हुनसक्थ्याे बुटवलको लागि । आफ्नाे मतदाता सामुगरेका बाच ताेडिदै गर्दा मन्त्री बन्न काेट पायन्टकाे नापाे दिन जानुकाे सट्टा , आफ्ना मतदाताकाेे अगाडि आएर पार्टी निर्णयकाे बिरुद्ध बाेल्न सकेकाे भए कमरेडहरुकाे ईज्जत् कति माथि पुग्थ्याे हाेला ? के गर्नु हामी साेचेर नहुने ,मन्त्रालयकाे ढाेका ढ्वाकेर बसेका लाेभिपालिहरुलाइ के माटाेकाे माया ,के मतदाताहरुकाे पिर ।

यस्तै छ यहाकाे चलन
जय देश जय नेपाल

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.