Nepal's No. 1 Digital Newspaper

पाँच जना हवाई यात्रुमा कोरोना देखिएपछि

२१ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमको विमानमार्फत हङकङ पुगेको पाँच जनामा कोरोना पुष्टि भएपछि दुई साता हङकङ उडान नहुने भएको छ ।

‘आरए ४०९९’ उडानमार्फत एक सय २० जना यात्रु बोकेर असोज १६ गते राती नेपालबाट उडेको उक्त विमानका याुत्रको १७ गते रिपोर्ट आएको थियो । त्यहाँको विमानस्थलमा स्वास्थ्य परिक्षणको क्रममा पाँच जना नेपालीको कोरोना पुष्टि भएपछि हङकङले कार्तिक १ सम्म निगमको उडानमा रोक लगाएको छ ।

Order Now: 98510-87891

निगम प्रवक्ता अर्चना खड्काका अनुसार हङकङमा साताको दुई उडान हुँदै आएपनि उडानमा लागेको प्रतिबन्धको समय अवधिमा दुई वटा उडान तालिका रहेको र उक्त उडानहरु रद्द हुने जनाइएको छ ।
निगमले तोकिएको स्वस्थ्य मापदण्डको आधारमा यात्रुलाई विमान चढाउँदै आइएको र उक्त उडानमा रहेका यात्रुले पनि ७२ घण्टा अधिको स्वास्थ्य परिक्षण रिपोर्ट बुझाएर नै उडानमा सहभागी भएको उनको भनाई छ ।

नेपालमा गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएपनि हङकङमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएका कारण निगमको दुई सातको उडानमा रोक लागेको र अन्य कुनै पेनाल्टीबारे जानकारी नआएको खड्काले बताईन् ।

नेपालमा कोरोना परिक्षण गराएपछि यात्रु वाहिरी व्यक्तिको सम्पर्कमा गएको हुन सक्ने र उक्त लापरवाहीको भागिदार विमान कम्पनी हनुपरेको उनको भनाई छ ।

परिक्षण पश्चाल भोजभतेर तथा किनमेल र आफन्तसंग भेटघाट घेरै हुनेभएकाले अन्य व्यक्तिबाट यात्रुमा कोरोना संक्रमण हुन सक्ने समेत निगमको अनुमान छ ।

त्यहाँको स्वास्थ्य मापदण्डको आधारमा सबै यात्रुलाई १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था रहेको छ । नेपाल फर्किएको उक्त विमानका चालक दलका सद्श्यमा कुनै प्रकारको लक्षण नरहेको समेत निगमले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.