Nepal's No. 1 Digital Newspaper

“बुबा को माया”

✍️ मनिता रेग्मी   

२० असोज, बेल्कोट्गढी, नुवाकोट ।
आज पनि छोरा  लाई स्कुल पुराइदियर  हजुर अफिस जानू है  भन्दै  प्रबिन कि श्रीमती मेकप गर्न तिर ब्यस्त भइन। प्रबिन अफिसको लागि हतार भयो भन्दै छिटो छिटो मोजा लगाउदै हुन्छ तर उस्ले मोजा उल्टो लगाएको हुन्छ।

फेरि रिसले सुल्टो बनाउदै छोरालाइ प्रनब ,बाबू छिटो आउन ,बाबालाइ हतार भइसक्यो छोरा भन्दै प्रबिन कराउछ। प्रनब भन्छ-बाबा एकैछिन न हजुरबुवा लाई भेटेर आउछुनी अनि जाम्ला नि। प्रबिन रिस ले कराउन थाल्छ,हतार भैइसको पर्दैन जान छिटो  निस्क भन्दा भन्दै गर्दा  छोरो हजुरबुवाको कोठा तिर दगुर्छ।

Order Now: 98510-87891

प्रबिन कि श्रीमतीले प्रनब लाई हजुरबुवाको कोठाको ढोकाबाटै तानेर ल्याउदै गर्दा प्रबिन करायो- त्यो बुढाले के मोहनी लगायको होला हाम्रो छोरालाई ,हामी सङ त बस्नै मान्दैन भन्या,यी बुढाले गर्दा हाम्रो छोरा बिगृनिनै भयो।यो बुढालाइ  भोलि नै अन्तै राख्ने बेवस्ता नगरी भयेन भन्दै छोरा लियर निस्कियो ।

छोरालाई स्कुल छोडेर उ अफिस पुगेर हतार हतार कम्प्युटर अन गरेर काम सुरु गर्यो ,काम को चाप ले गर्दा मोबाईल हेर्न भ्याएकै थियन तर तिर्खाले पानी पिउन बोतल  तान्दै गर्दा नजिकैको  मोबाईलमा आखा पुग्छ श्रीमतीले ९ औ चोटिको फोन उस्ले उठाउन भ्याउछ,उता बाट श्रीमतीले रुदै भन्छे लौ न बुवाले त आत्महत्या गर्नुभयो।प्रनब स्तब्द भयो अँाखाबाट बरबर आँसु खसाल्दै घर तिर लाग्यो। 

घर पुग्ने बितिकै उस्कि श्रीमतीले एउता पत्र हातमा दिदै भनिन बुवाले छोड्नु भएको, पत्रमा यस्तो थियो-बाबू त्यरी आमाले हामिलाइ २ वर्ष अघि नै छोडेर गइन र आज बाट म पनि तँलाइ छोडेर जादैछु, बाबू मैले त्यरी आमा बित्य पछि सबै जिम्मेवारी तेरो काधमा दिय,तैले स्वीकार त गरिस तर एउटा बोझ सम्झेर।तँलाई  थाह छ बाबू तेरो सानो भन्दा सानो इच्छा पूरा गर्न मैले मेरो इच्छा दबाएको छु।तेरो  सपना पूरा गर्न तेरो आमा र मैले कयौ रात सुतेका थिएनौ,भोक प्यास केही भनेनौ।

तैले राम्रो पढ्लास,राम्रो लगाउलास,मिठो खालास भनेर दिनरात नभनी काम गर्थेउ किनकी तँ पढेर ठूलो मान्छे बन्लास भनेर।तेरा सपना बोकेर,आफ्नो निन्द्रा बिगारेको थिय यो सोचेर कि तलाइ कसरी ठुलो मान्छे बनाउने भनेर।उम्म आज ठुलो मान्छे नि भयेको छस ,इज्जत ,सम्पती त्यो सबै कुरा त छ तँसंग ।

तँ  जन्मेसी खान, बोल्न हिंड्न देखि सारा कुरा सिकायको थिय तर आज म नसक्नी भयेको छु र तँ आजभोलि मलाई  एक्लोपन ,असभ्य बोली र अपरिचित को जस्तो ब्यवहार गर्छस। मेरो ब्यस्त छोरा ,मलाइ कहिल्यै सोदिनस कि समय मा खाना खाय कि खाइन ,मैले नै बोल्न सिकाएको हो तँलाई तर आजभोली तँ मसङ बोल्न बिर्सिन्छ्स ।

हो मैले नै तेरो कलिलो हात समातेर हिंड्न् सिकायको हो तर आजभोली मेरो चाउरियको मेरो हात समातेर अस्पताल सम्म लैजान तँलाई लाज लागेर घरमा काम गर्नी सबिना सङ जानू भनिस है। बाबू तँ ५ कक्षामा स्कुल टप गर्दा गाउँ भरिका मानिस लाई बोलाएर भोज खुवाएर खुसी साटेको थिए तर जब तँ आफै कमाउने भईश तब तेरि सानो भन्दा सानो खुसी मा पनि मलाइ समाबेस गर्न छोडिस है?  बाबू मैले तँलाई धेरै कुरा सिकाए तर तैले मलाइ एउटै कुरा सिकाइस -कसैलाई  बोज बनेर बस्नुहुदैन।तेरि आमा गएपछी तेरो साहाराले जिन्दगी आगाडी बढाउनेछु सोचेको थिए तर सकिन।

मेरो  प्यारो छोरा हामिले तँलाई ठूलो मान्छे त बनाएउ तर असल मान्छे बनाउन सकेका रहेन्छौ। त्यसैले मेरो हत्यारा तँ होस छोरा। अब त तँ पनि बुवा भैसकेको छस। तैले तेरो छोरा लाई चै असल मान्छे बनाउनु।चिटि पढेर नस्काउदौ प्रबिनको आखाबाट आँसु खस्न थालिसकेको थियो ।उस्ले बुबाको त्यो माया अनि आफ्नो बुबाप्रतिको ब्यबहार सम्झेर बुबाको लासको सिरमा हेर्ने हिम्मत समेत गर्न सकेन।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.