Nepal's No. 1 Digital Newspaper

हो म खस एलिट

✍️ अधिबक्ता राजन खतिवडा

२० असाेज, अष्ट्रेलिया ।

मेलुङ पहाडको फेदिबाट
छोराको मुटु र आँखा फेर्न ,
राखेर बन्दकीमा सिँङ्गारी  बाख्री 
चँदुवा भैंसी,अनि  गोरु हल 
ऋणको  पोको पटुकी कसेर 
छोराले न्याय पाउने आशा
बोकेर आएको छु तिम्रै आदिबासी राजधानि 
एलिट खसको भेषमा ।।

भोटो  सिंउदा सिंउदै बाँकी रहेको 
एकसरो पोलिस्टरको टालो 
त्यसैको  टोपी सिएर 
त्यसैमा याचना गर्दै 
छु हो म खस एलिट ।

Order Now: 98510-87891

बराजुको  बिर्ता  हिजै  छोडेर
पखेरोमा खन्यु खोज्दै छु 
युद्दमा लडेको तरवार 
मुलघरको निदालमा सिउरेर 
अधिकारको याचना गर्दै छु 
कथित तिम्रो ब्यबस्थालाई
कन्दनी लगाऊन म त्यही टोपी ।
हो त्यही  टोपी चौबाटोमा थापेर
पश्चिमाले बनाएको आदिबासी संग 
म पनि खस
म पनि एलिट 
मलाई पनि भुमिको अधिकार देउ
बिन्ती भन्दै रूंदै कराँउदै चिच्याउदै
भन्दैछु हो म पनि खस 
म पनि खस एलिट ।।

गुन  बिर्सने  तिम्रो बिबेक 
आज सहरको बिचमा बसेर 
मेरै दर्सन्तानलाई एलिट भनेर 
मानु बिजनको त्यही पाखो 
कित्ताकाट गर्दै छौ
हो म खस एलिट, 
तिम्रै याङ्मालाई सोध 
सोध सुम्निमालाई 
अनि पारूहाङलाई पनि 
सोध देउमाललाई
अजिमा अनि भैरवीलाई पनि 
के म खस एलिट हुँ ?? 

मलाई  त्यति था छ 
तिम्री सुम्निमाले 
सोमदत्तलाई एकान्तमा
हो एकान्तमा लगेर 
सुईकाएकी थिईन 
उबेलाको कुरामा चुप बसें
सायद उतिबेलाका सोम 
सोम एलिट थिएन्न ??
मलाई अरूको जसरी 
गर्ने पनि गरे; नगर्ने पनि गरे
भन्नू छैन । नत्र त म पनि 
भिल्ल भैहालें नि ?? 
होस छोडिदेउ 
म खस एलिट नै ठिक छु 
हो म खस एलिट ।। 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.