Nepal's No. 1 Digital Newspaper

यातायात व्यवस्था विभागले असाेज २० गते देखि दशैँको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

१२ असोज, काठमाण्डौँ । यातायात व्यवस्था विभागले यातायात व्यावसायीसँग असोज २० गतेदेखि सार्वजनिक सवारीमा दशैँको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असाेज २० गते देखि २५ गतेसम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैँमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.