Nepal's No. 1 Digital Newspaper

बहिरा (अपाङ्गता) दम्पतिकाे संघर्ष र जिवन कहानी

११ असाेज, काठमाण्डाैँ । सिन्धुपाल्चाेक थाक्ले स्थाई घर भई हाल कपन १०, काठमाण्डाैँ बसाेबास गर्दै आएका हरी प्रसाद लुइटेल र चन्डीका लुइटेल बहिरा (अपाङ्गता) दाम्पति हुन् । यी दाम्पतिकाे आफ्नै काहालीलाग्दाे र अत्यासमय जिन्दगि जिरहेका छन् ।

मानव जातिले खुलेर बाेल्नु, आफ्ने मनकाे कुरा अरुलाई गुनासाे गर्नु वा पाेख्नु मानविय विषेशता नै हुन् । जस मध्य यी दाम्पति वा श्रीमान श्रीमती चाहेर पनि खुलेर आफ्नाे शव्द अन्य व्यक्तिकाे कानसम्म ध्वनी प्रवाह गर्न सक्दैनन् । विगत लामाे समय देखि काठमाण्डाैँकाे विभिन्न स्थान फुटपाथमा चिया व्यावसाय गर्दै आइरहेका छन् । विगत केहि वर्ष अगाडी एयरपाेर्ट बाहिर चियापसल गर्दै आउनु भएकाे थिए । नगरपालिकाले त्यस स्थानमा चिया व्यावसाय गर्न नदिए पछि त्यस ठाउँबाट कपन-१० स्थित आकाशेधारामा चिया व्यावसाय गर्दै आएका छन् ।

Order Now: 98510-87891

उनीहरु आवाजविहीन श्रीमान-श्रीमति हुन् । श्रीमान् जन्म जात नै आवाजविहिन हुन् र श्रीमती ४ वर्षकाे उमेरमा टाइफाइड भएर आवाज बन्द भएकाे उनका छाेरी खुशी लुइटेलले डिजिटल खबरलाई जानकारी दिइन् ।

ठेलामा चिया पसल सञ्चालन गर्दै आएका ति दाम्पतिका १२ वर्षिय छाेरी र ७ वर्षका छाेरा छन् । ति दुबै छाेरा छाेरी अत्यन्तै चलाख र बुद्धिमानी छन् । चिया पसलबाट दैनिक ५ सय देखि ६ सयसम्म आम्दानी फाइदा हुन्छ । सरकार बाट ४ महिनामा करिब ६ हजार ४ सय प्रति व्यक्ति पाइन्छ तर कहिले घट्टि-बढि हुने गर्छ भन्छिन छाेरी खुशी लुइटेल ।

ती दम्पतिकाे छाेरा र छाेरी दुबै जुगल आवासिय माध्यमिक विद्यालयमा अध्ययनरत छन् । छाेरा युकेजीमा पढ्छन् भने छाेरी ७ कक्षामा पढ्छिन् ।
आफ्ने सानाे ठेलागाडाकाे व्यावसायबाट आएकाे आम्दानी छाेरा र छाेरीकाे नाममा दैनिक रुपमा सहकारीमा जम्मा गरिदिने गरेका छन् ।
परिवारकाे अन्य सदस्य अर्थात ठुलाेबुबा, अंकलबाट पनि सहयाेग गरिरहेकाे छाेरी खुशीले बताइन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.