Nepal's No. 1 Digital Newspaper

सामसङ ग्यालेक्सी नोट २० प्रि-बुकिङ गरेमा, यूरोपेली देशको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सकिने

१४ भदाै, काठमाडौं। सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा खरिद गर्न चाहनेका लागि नेपालका यसको प्रि-बुकिङ अवधि भदौ १९ गतेसम्म लम्बाइएको छ।

कम्पनीका अनुसार ग्यालेक्सी नोट २० को बजार मूल्य एकलाख ९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने नोट २० अल्ट्राको मूल्य १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ रहेकाे छ।

ग्राहकले नोट २० अल्ट्रा प्रि बुक गर्दा ग्यालेक्सी बडका साथै ४५ एमएमको ग्यालेक्सी वाच २९ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्नेछन् । ४१ एमएमको ग्यालेक्सी वाचलाई २७ हजार ९ सय९९ रुपैयाँमा पाउन सक्ने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। यसैगरी उपभोक्ताले सामसुङ लेड टेलिभिजन ८ हजार ९ सय ९९ रुपैयाँमा लिन सक्नेछन्।

Order Now: 98510-87891

नोट २० को प्रि अर्डर गर्दा उपभोक्ताले ग्यालेक्सी बडका साथै ४५ एमएमको ग्यालेक्सी वाच ३१ हजार ९ सय ९९ रुपैयाँ तथा ४१ एमएमको ग्यालेक्सी वाच २९ हजार ९ सय ९९ रुपैयाँमा पाउन सक्ने कम्पनीले जनाएको छ। यस्तै ३२ इन्चको सामसुङ लेड टेलिभिजनलाई ९ हजार ९ सय ९९ रुपैयाँमा लिन सकिने बताइएको छ।

प्रि बुकिङ गर्नेहरुमध्ये एकजना भाग्यशाली बिजेताले टर्किस एयरलाइन्सबाट यूरोपेली देशको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्ने जारी बिज्ञप्तिमा उल्लेख छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.