Nepal's No. 1 Digital Newspaper

इंग्ल्यान्डलाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज

Order Now: 98510-87891

 १८ साउन, एजेन्सी । एक खेल अगाबै आयरल्याण्ड विरुद्ध इंग्ल्यान्डले सिरिज जितेको छ । साउथह्याम्पटनमा शनिबार राति भएको दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै इंग्ल्यान्डले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले आफ्नो बनाएको हो ।

एजेस बाउलमा आयरल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य इंग्ल्यान्डले ३२ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोनी बेयरट्रोले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । डेभिड विलिले अविजित ४७ रन जोड्दा साम विलिङ्स अविजित ४६ रन बनाए ।

पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो । अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय मंगलबार हुनेछ ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।आयरल्याण्डका जोस लिटलले ३ तथा कुर्टिसले २ विकेट लिए ।

आयरल्याण्डका कुर्टिस काम्फेरले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । सामी सिंहले २५ तथा एन्डी म्याकब्रिनेले २४ रन बनाए ।

इंग्ल्यान्डका आदील रशिदले ३ विकेट लिए । सकिब महमुद र डेभिड विलिले २/२ विकेट लिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.