Nepal's No. 1 Digital Newspaper

सजिलो मर्मत कम्पनीको कोभिड रिलिफ फन्ड सञ्चालनमा

१८ साउन, काठमाडौं । नेपालमा मात्रै नभएर विश्वमै कोभिड १९ कोरोनाको प्रत्यक्ष प्रभाव सबैमा परिरहेको छ । कोभिडकै कारण धेरैले आफ्नो रोजगारी पनि गुमाउन परेको छ ।तर एसएमएस  सजिलो मर्मतले आफ्नो संस्थामा अवद्ध कर्मचारीहरुकालागि एसएमएस कोभिड रिलिफ फन्ड सञ्चालनमा ल्याएको छ ।

कोभिडको समयमा कम्पनीमा काम गर्ने कर्मचारीहरु तथा प्राविधीकहरुमा आर्थिक भार र तथा दैनिक गुजारा समेत प्रभाव परेकाले उनीहरुलाई सहयोग प्रदानको लागि यो फन्ड कार्यक्रम ल्याएको कार्यकारी निर्देशक काविस भक्त्त श्रेष्ठले बताए ।

Order Now: 98510-87891

कम्पनीमा हाल सम्म ६५ कर्मचारीहरु काममा आवद्ध छन् । कम्पनीले रिलफ फन्डमा आज सम्म ४ जनाले यो सेवा  लिइसकेका छन् । कम्पनीले विना धितो र विना व्याजदर सहुलियत प्रदान गर्ने छ। कम्पनीले १५ हजार देखि २५ हजार सम्म रकम उपलव्ध गराइनेछ । उक्त रकम एक वर्षमा तिर्न सकिने उनले बताए ।

यस फन्डमा कम्पनीले सुरुमा एक लाख रुपैयाँ राखेर सञ्चालनमा ल्याएको हो । यस रिलिफ फन्डमा अन्य माइन ग्रुप,आइडिया स्टुडियो र जर्मनको फ्रान्जिका डाइलेट पनि सहभागि छन् ।

कम्पनीले काोभिडकाे समयमा आफ्नो कर्मचारीको स्वास्थ्यलाई ध्यान दिइ सुरक्षाको समानहरु ,पिपिई लगायतको व्यवस्था गरेको तथा प्रत्येक कर्मचारी एक लाखको कोभिड विमा गराइ दिएको उनले बताए ।

लकडाउनको समयमा कम्पनीले अनलाइन अत्यावश्यक काम भिडयाे कल मार्फत सेवा प्रदान गरेको थियो । सुरुको समयमा काम कसरी गर्ने अन्योल पछि विस्तारै १० जनाको इन हाउस टिम बनाइ सेवा गरेको उनले बताए ।

सजिलो मर्मत सेवाले बजारमा घर तथा कर्पाेट अफिसका सवै किसीमका मेन्टिनेन्सका सवै कामहरु गर्दै आएको छ । जहा समस्या त्यहा सजिलो सेवा गरी भनी संस्था प्रदान गर्दै आएको छ । यस कम्पनी संग प्रत्यक्ष रुपमा १४ हजार यूनिटहरुमा सेवा प्रदान भैरसकेको छ ।

श्रेष्ठका अनुसार यस कम्पनीले ४५० भन्दा माथि कर्पोट तथा इन्डिभजुल छ हजार ५०० सेवा लिदै आएका छन् । एएमसी वार्षिक ७० सदस्यहरुले सेवा लिने ग्राहक छन ।

यस कम्पनी बाट अनलाइन, फोन यसको एप मार्फत सेवा लिन सकिन्छ ।

Comments

comments

728 X 90 Popkorn

- Advertisement -

Leave A Reply

Your email address will not be published.