Nepal's No. 1 Digital Newspaper

तास खे‍लिरहेकाे अवस्थामा ३ लाख ८ हजार ५ सय रुपैयाँ सहित १२ जना पक्राउ

१८ श्रावण, काठमाण्डाै‌ं । काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपाल चोक स्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ लगायत १२ जनालाई नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।     

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments

comments

728 X 90 Popkorn

- Advertisement -

Leave A Reply

Your email address will not be published.