Nepal's No. 1 Digital Newspaper

पिएसजीलाई फ्रेन्च लिग कप सहित फ्रान्सका महत्वपूर्ण तीन उपाधि

१८ साउन,एजेन्सी । फ्रेन्च लिग कप फुटबलको उपाधि  च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितको छ । साउन १६ राती  सम्पन्न खेलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पिएसजी च्याम्पियन बनेको हो ।

फ्रान्स लिग कपको उपाधि पिएसजीका  सिजनको चौथो हो । यो खेलमा झण्डै ५ हजार दर्शकलाई स्टेडियममा खेल हेर्ने मौका दिईएको थियो ।

Order Now: 98510-87891

शुक्रबार राती सम्पन्न खेलको निर्धारित र अतिरित्त समय गोल रहित बराबरीमा सकिएको थियो ।

खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको हो  । पेनाल्टीका पिएसजीका केलर नाभास उत्कृट बचाउ गर्दै आफ्नो टिमलाई विजयी बनाउन सफल भए  । उनले व्रटेड ट्रेयरको प्रहार रोकेका थिए ।

निर्धारित समयको खेल रोमाञ्चक थियो । दुबै टोलीले केही महत्वपूर्ण मौका गुमाए । खेलको पाँचौ मिनेटमा नेयमारको प्रहार लियोनका गोलरक्षकले बचाएका थिए भने आठौँ मिनेटमा नेयमारलेनै गोलको शुन्दर मौका खेर फालेका थिए । लियोनले दोस्रो हाफमा केही गोलमा मौका बनाए पनि सफल हुन सकेको थिएन । उसका डिफेन्डर राफायल खेलको अन्तिम मिनेटमा रातोकार्ड खादै मैदान बाहिरिएका थिए ।

तस्वीर सैजन्य :एजेन्सी

जितसँगै पिएसजीले यो सिजन फ्रान्सका महत्वपूर्ण तीन उपाधि उचालेको छ । कोरोनाका कारण रद्द भएको लिग वनको उपाधि जितेको पिएसजीले अघिल्लो साता इटेइनलाई पराजित गर्दै फ्रेन्च कपको उपाधि जितेको थियो भने त्यसअघि सुपरकप पनि जितेको थियो ।

तस्वीर सैजन्य :एजेन्सी

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.