Nepal's No. 1 Digital Newspaper

भारतमा कोरोनाबाट मन्त्रीको निधन

१८ श्रावण, एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण उत्तर प्रदेशको एक मन्त्रीको निधन भएको छ। 

संक्रमणका कारण उत्तर प्रदेश  प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको बिबिसी हिन्दीले जनाएको छ। उनलाई  गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो। 

Order Now: 98510-87891

उनलाई उपचारका लागि लखनऊको एसजीपीजीआईमा भर्ना गरिएको थियो जहाँ उनको आइतबार बिहान मृत्यु भयो।

मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा गहिरो शोक व्यक्त गरे र आइतवार अयोध्या भ्रमणको कार्यक्रम रद्द गरे।

कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षामन्त्री थिइन। २०१७मा, बीजेपीले उनलाई कानपुरको घाटमपुर सीटबाट उम्मेदवार बनायो।

उनी यो सीट जित्ने पार्टीको पहिलो विधायक थिइन। गत वर्ष उनलाई राज्यको मन्त्रिपरिषद्मा मन्त्री बनाइयो। कमला रानी पनि सांसद भइन्।

तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको छ। 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.