Nepal's No. 1 Digital Newspaper

चेल्सीलाई पराजित गर्दै आर्सनलले उचाल्याे एफए कप फुटबलको उपाधि

१८ श्रावण, एजेन्सी । आर्सनलले १४ औं पटक एफए कप फुटबलको उपाधि जितेको छ । वेम्बलीमा शनिबार राति भएको सम्पन्न फाइनलमा आर्सननले चेल्सीलाई पराजित गर्दै इङ्गलिस एफ ए कपको उपाधि जितेको हो ।

खेलकाे पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा अवामियाङ्को गोल मार्फत आर्सनलल खेलमा फर्कियो । ६७ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गरे र आर्सनलको दोस्रो गोलसँगै चेल्सी केही दवावमा आयो । ७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेलो कार्डसहित मैदान छाडे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र आर्सनलले १४ औं पटक एफए कपको उपाधि जित्यो ।

Order Now: 98510-87891


आर्सनलको जितमा अवामियाङले २ गोल गरे भने चेल्सीका क्रिस्टियन पुलिसिचले एक गोल फर्काएकाे थियाे ।

आर्सनललका लागि यो सिजनको पहिलो उपाधि हो भने प्रशिक्षक मिकेल अर्टेटाको आर्सनलका लागि पनि पहिलो उपाधि हो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.