Nepal's No. 1 Digital Newspaper

सर्लाहीमा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, एक घाइते

१८ श्रावण, सर्लाही । दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

शनिबार बेलुकी लालबन्दी नगरपालिका १७ घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका- ५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका – ७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार ज्यान गुमाएका दुई जना नै मोटरसाइकलका चालक हुन् । प्रदेश २-०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका अर्का एक जनालाई उपचारको लागि धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Order Now: 98510-87891

घाईते रौतहटका श्याम साहको उपचार भइरहेको छ

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.