Nepal's No. 1 Digital Newspaper

सिरी ‘ए’ को अन्तिम खेलमा च्याम्पियन युभेन्टस रोमासंग पराजित

१८ श्रावण, एजेन्सी । सिरी ‘ए’ को अन्तिम खेल खेलेको च्याम्पियन युभेन्टस रोमासंग पराजित भएको छ । टीमका मुख्य खेलाडीहरुलाई विश्राम दिएर खेलेको खेलमा युभेन्टस घरेलु मैदानमा रोमासँग शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ३–१ ले पराजित भएको हो ।

युभेन्टस घरेलु मैदानमा दुई वर्षपछि पराजित भएको हो । २०१८ मा नेपोलीसँग पराजित भएयता युभेन्टस घरेलु मैदानमा पराजित भएको थिएन । रोमाको जितमा डिएगो पेरोट्टीले दुई तथा निकोला कालिनिकले एक गोल गरे ।
२३औं मिनेटमा निकोलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

डानिलोले रिकार्डाे कालाफिओरीलाई पेनाल्टी बक्समा फल गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ५२औं मिनेटमा पेरोट्टीले व्यक्तिगत दोस्रो तथा टोलीका लाग तेस्रो गोल गर्दै रोमालाई ३–१ को जित दिलाए ।

Order Now: 98510-87891

जितसँगै पाँचौ स्थानमा रहेको रोमाले ७० अंक जोड्यो । उसले अर्काे सिजनको युरोपा लिग खेल्नेछ । पराजित युभेन्टस ८३ अंकमा रोकियो । तीन खेल अगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको थियो । युभेन्टसले लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जितेको हो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.