Nepal's No. 1 Digital Newspaper

संक्रमित भन्दा निको हुनेको संख्या बढी, बिहीबार थप १ सय ३९ जना निको भए

२५ असार, काठमाडौ । कोरोना भाइरस कोभिड १९ बाट संक्रमितको संख्या हरेक दिन घट्दै गर्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्यामा भने उल्लेख्य बढोत्तरी भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ८ जना संक्रमित फेला पर्दा निको हुनेको संख्या १ सय ३९ रहेको छ ।

Order Now: 98510-87891

file picture
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ३९ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा मात्र १ सय ८ जनामा संक्रमण देखिनु नेपालको लागि सकारात्मक रहेको विज्ञहरुले जनाएका छन् ।

Comments

comments

728 X 90 Popkorn

- Advertisement -

Leave A Reply

Your email address will not be published.