Nepal's No. 1 Digital Newspaper

व्यक्तिगत सुरक्षाका लागि करोड खर्चिन्छन् बलिउड अभिनेत्री दीपिका

मुम्बई : आफ्नो व्यक्तिगत सुरक्षाका लागि बलिउड कलाकारहरूले अंगरक्षकमा राम्रै रकम खर्चिन्छन्। बलिउड कलाकारका अंगरक्षकहरूको चर्चा हुँदा सबैभन्दा बढी सलमान खानका बडिगार्ड टाइगरको चर्चा हुन्छ।

यसै गरी व्यक्तिगत सुरक्षामा चर्को पारिश्रमिक खर्चिनेमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि पर्छिन्। बलिउड लाइफ डटकमका अनुसार उनले आफ्नो सुरक्षा गरेबापत जलाललाई वार्षिक एक करोड भारु पारिश्रमिक दिने गरेकी छन्। सन् २०१७ मा भने यो रकम भारु ८० लाख थियो।

Order Now: 98510-87891

दीपिका बलिउडमा अधिक पारिश्रमिक लिने र बढी कमाउने अभिनेत्रीहरूको सूचीमा पर्छिन्। यसरी कमाइबाट आफ्नो सुरक्षामा उनले राम्रै रकम खर्च गर्ने गरेको देखिन्छ।

दीपिकाका अंगरक्षक जलाल उनका महत्‍वपूर्ण अवसरमा कहिल्यै छुट्दैनन्। स्मरण रहोस्, दीपिकाले भाइ मानेर हरेक वर्ष जलालको हातमा रक्षाबन्धनको डोरी बाँध्छिन्।

दीपिका अभिनीत ‘८३’ सिनेमा रिलिजका लागि तयार छ। यो सिनेमामा उनले आफ्ना अभिनेता पति रणवीर सिंहसँग जोडी बाँधेकी छन्।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.