Nepal's No. 1 Digital Newspaper

कंगना रनावतले पाली हिलमा खोलिन् कार्यालय

मुम्बई : लकडाउनको मारले ठूल्ठूला घरानियाहरू कार्यालय खोल्न नपाएर आजित छन्। बलिउड अभिनेत्री कंगना रनावतले भने यस्तो विषम परिस्थितिमा पनि नयाँ कार्यालय खोल्ने जमर्को गरेकी छन्।

अभिनेत्री कंगनाले हालै मुम्बईको पाली हिलमा आफ्नो प्रोडक्सन हाउस खोलेकी छन्। यसबाट उनले फिल्मसमेत निर्माण गर्ने भएकी छन्। प्रोडक्सन हाउसलाई उनले अफिस कम र स्टुडियो बढी बनाएकी छन्।

Order Now: 98510-87891

कंगनाले नयाँ प्रोडक्सन हाउसका केही तस्बिर सामाजिक सञ्जालमार्फत सेयरसमेत गरेकी छन्। प्रोडक्सन हाउसको नाम मणिकर्णिका फिल्मस् राखिएको छ।

कंगनाको मुख्य अभिनय रहेको फिल्म ‘मणिकर्णिका ः द क्विन अफ झाँसी’ सन् २०१९ मा रिलिज भएको थियो। उनले यो फिल्मबाट प्रेरित भएर कार्यालयको नाम मणिकर्णिका फिल्मस् राखेकी हुन्। कंगनाको यो कार्यालय सेलिब्रेटी डिजाइनर शवनम गुप्ताले तयार पारेकी हुन्। करिब ४८ करोड भारु खर्च भएको कार्यालयको ​साउन्ड इको फ्रेन्डलीका साथसाथै प्लास्टिक फ्रिसमेत बनाइएको छ। अफिस युरोपियन लुक्समा बनेको छ।

सन् २००६ मा बलिउड चलचित्र ‘ग्यांगस्टर’ बाट उनले फिल्म जगत्मा पदार्पण गरिन्। पहिलो फिल्मले नै उनलाई फिल्मफेयर उत्कृष्ट नवअभिनेत्रीका लागि पुरस्कार दिलाएको थियो। फेसन, तनु वेड्स मनु, कृष ३, क्विन, तनु वेड्स मनु रिटर्नस उनका अन्य चर्चित फिल्म हुन्।

कंगनाले आफ्नो निर्देशन र लेखनमा पनि क्षमता रहेको केही समय पहिले प्रमाणित गरिसकेकी छन्।

Comments

comments

728 X 90 Popkorn

- Advertisement -

Leave A Reply

Your email address will not be published.