Nepal's No. 1 Digital Newspaper

चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्रका लागि पूर्वाधार निर्माणले तीब्रता पाउने भयको छ

२ जेठ, चितवनडिपिआर गरेर सुस्ताएको चितवनको औद्योगिक क्षेत्र निर्माणले तीब्रता पाउने भएको छ । चितवनको शक्तिखोर स्थित औधोगिक क्षेत्र निर्माणलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा राखेपछि पूर्वाधार निर्माणले तीब्रता पाउने भएको हो ।

सरकारको यो निर्णयले चितवनबासीहरु उत्साहित भएका छन् ।

सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनको शक्तिखोरमा औधोगिक क्षेत्र निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने बताएकी हुन ।

Order Now: 98510-87891

कालिका नगरपालिका अन्तर्गत शक्तिखोरमा चितवन उद्योग संघले औधोगिक क्षेत्र निर्माण गर्न माग गरेपछि सरकारले आवश्यक प्रक्रिया अघि बढाएको हो । सरकारले औधोगिक क्षेत्रलाइ आफ्नो नीति तथा कार्यक्रममै समेटेपछि औधोगिक क्षेत्र निर्माणले तिव्रता पाउने आशा पलाएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.