Nepal's No. 1 Digital Newspaper

थप ९ जनामा कोरोना संक्रमण, दाङमा पहिलो पटक ३ जनामा संक्रमण पुष्टि, २५ जिल्लामा फैलियो संक्रमण

२ जेठ, काठमाडौ । नेपालका २५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । शुक्रबार बेलुका दाङमा ३ व्यक्तिमा संक्रमण पुष्टि भएसँगै नेपालमा २५ जिल्लामा कोरोना संक्रमण फैलिएको हो ।

दाङको गढुवा-४, ५ र तुल्सीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ६७ जना पुगेको छ । आज एकैदिन १८ जना संक्रमित थपिएका हुन् । शुक्रबार बिहान ९ जना संक्रमित थपिएकोमा बेलुका थप ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । शुक्रबार बिहान मकवानपुर १ जना पुरुष र बाँकेको नैनापुरका ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

Order Now: 98510-87891

बेलुका दाङका ३ जना संक्रमितसहित वीरगञ्जका ९, १० वर्षीय बालकमा र २३, ४७ वर्षीया महिलामा संक्रमण देखिएको छ । त्यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका २५ वर्षीय पुरुष र काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.