Nepal's No. 1 Digital Newspaper

ड्युटीमा खटेका ट्राफिक प्रहरीलाई पीपीई

काठमाडौँ : ड्युटीमा रहेका ट्राफिक प्रहरीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउन थालेका छन्। सरकारले जारी गरेको ‘लकडाउन’लाई कडाइका साथ कार्यान्वयन गराउन फ्रन्टलाइनमा खटिने ट्राफिक प्रहरीलाई पीपीई उपलब्ध गराइएको हो। 

ट्राफिक प्रहरीले सवारी आवागमनलाई व्यवस्थित र कडाई गर्नका लागि चेकजाँच र सोधपुछ गर्दा सवारी चालकसँगग सबैभन्दा पहिले ‘फेस’ गर्नु पर्ने भएकाले कोरोना भाइरस (कोभिड–१९)को जोखिम हुने भन्दै पीपीई उपलब्ध गराइएको हो। 

Order Now: 98510-87891

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरण गर्न पीपीई उपलब्ध गराइएको हो। 

महाशाखाले उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीलाई पिपिई र ४६ स्थानमा फेस सिल्ड (भाइजर) र पञ्जाको व्यवस्था गरिएको ढकालको भनाइ छ। 

पर्याप्त मात्रामा पीपीई नभएकाले अन्य स्थानमा खटिने ट्राफिक प्रहरीलाई भने कम्तिमा २ मिटरको सामाजिक दुरी कायम राखेर चेकजाँच गर्न निर्देशन दिइएको छ। 

महाशाखाले प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजरसँगै मास्क, पञ्जा, सावुन आबश्कता अनुसार बितरण गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।  

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.