Nepal's No. 1 Digital Newspaper

उच्चस्तरीय समन्वय समितिको बैठकले अनौपचारिक जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय

२ जेठ, काठमाडौं । शुक्रबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धीको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ। ।

जापान र हङकङको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको समितिका प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिए ।

जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिइने विडारीले बताए ।

त्यस्तै, आजको छलफलमा समितिले विशेषज्ञहरूसँग पनि परामर्श गरेको थियो । लकडाउन प्रभावकारी बनाउनेबारे विज्ञहरुसँग छलफल गरेको बुझिएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.