Nepal's No. 1 Digital Newspaper

लकडाउनमा समस्या परे १०० मा फोन गर्नू’

२ जेठ, काठमाडौं । प्रहरीले लकडाउनको समयमा अत्यावश्यक काममा निस्कन समस्या परे १०० नम्बरमा फोन गर्न आग्रह गरेको छ ।

यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन । कोरोना भाइरसको महामारीका कारण अत्यावश्यक काममा निस्कँदासमेत समस्या हुने भएकाले प्रहरीले आवश्यक समन्वय गर्न थालेको हो ।

नजिकैको प्रहरी कार्यालयमा पनि सम्पर्क गर्न सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेल बताउँछन् ।

Order Now: 98510-87891

“उपत्यकाका तीनओटै जिल्लामा उपचार गर्न, औषधि लिन वा अन्य जरुरी काम परे प्रहरीसँग सम्पर्क गर्न सक्छन् । समस्याको पहिचान गरी हामीले आवश्यक समन्वय गर्छौं । दैनिक सयौं फोन पनि आइरहेकै छन् ।”

उपत्यका बाहेक अन्य जिल्लामा पनि प्रहरीले समन्वय गर्दै आएको छ यसबाहेक नजिकैको प्रहरी कार्यालयमा पनि सम्पर्क गर्न सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेल बताउँछन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.