Nepal's No. 1 Digital Newspaper

ज्यान मार्ने धम्की: जन प्रतिधिकै पुत्र शुसिल थापा

२ जेठ, रुपन्देही । रुपन्देहीको देव दह नगरपालिका वडा नं ८ घोडाहा खोलाबाट स्थानिय जनप्रतिनिधि पदम थापाका छोरा शुसिल थापाले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गरेको स्थानिय वासीहरुले फेला पार्दा समेत स्थानीय नगरपालिका, प्रहरी चौकी र विभिन्न राजनितिक दलहरु बेखवर झैं बसेको स्थानियवासीहरुले गुनासो गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले जारीको गरेको लकडाउनको फाईदा उठाउँदै रुपन्देहीको देवदहमा स्थानिय जनप्रतिनिधि पुत्रले खुलेआम दादागिरी गरिरहेका छन् ।

स्थानिय घोडाहा खोला दोहनमा देवदह नगरपालिका वडा नंं ७ का वडाध्यक्ष पदम थापाका पुत्रको खुलेयाम संलग्नता रहेको पाईएको छ । जनप्रतिधिकै पुत्र, खोला दोहनको कुराहरु बाहिर ल्याएमा आफुहरुलाई ज्यान मार्ने समेत धम्की आउने गरेको स्थानियहरुले बताएका छन् । 

Order Now: 98510-87891

यसरी रातिको समयमा नदी जन्य पदार्थको उत्खनन् गरी वडाध्यक्ष थापाको आफ्नै घर छेउँको सार्वजनिक जग्गामा जम्मा गरेर राख्ने र एकबिहानै बिक्री गर्ने गरेको स्थानिय वासीहरुले बताएका छन् ।

सो विषयमा नागरिक अगुवा तथा टोल विकास संस्थाको पहलमा खोला दोहन कार्य रोक्नु पर्ने र दोहन कार्यमा संलग्न माथि कारवाही हुनुपर्ने माग राख्न एक टोली देवदह नगरपालिकाका नगर प्रमुख हीरा खत्री, स्थानिय प्रहरी चौकीका प्रमुख, वन कार्यालय र वडा नं ७ का वडाध्यक्ष पदम थापालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको र देवदहका नगरप्रमख हिरा खत्रीले उक्त कार्य कानुन विपरित भएको ठहर गर्दै, आवश्यक कारवाही गरिने औपचारिक रुपमा आश्वासन दिएका छन् ।

लकडाउनको मौका छोपेर करिब एक महिना यता निरन्तर नदीजन्य पदार्थ चोरी गरी बिक्री गर्ने कार्यमा रातभर खुलेयाम गिट्टी बालुवा ओसार्ने ट्याक्टरको आवाजले स्थानियहरुलाई सुत्नसमेत गाह्रो भएपछि नागरिक अगुवा र स्थानिय शसोधरा टोल विकास संस्थाको सक्रियतामा निगरानी गर्दा प्रत्यक्ष खोला दोहन गरेको पाईएपछि उक्त घटना बाहिर आएको हो ।

राजनीतिक संरक्षणमा देवदहमा खोला दोहनको वेथिती निकै डरलाग्दो रुपमा सञ्चालन हुँदै आएको बताउँदै स्थानिय वासीहरु निरिह भएका छन् ।खुलेयाम प्राकृतिक स्रोतको दुरुपयोग हुँदा आफुहरु निरीह हुनु परेको भन्दै खोला दोहनको कुराहरु बाहिर ल्याएमा आफुहरुलाई ज्यान मार्ने समेत धम्की आउने गरेको स्थानियहरुले बताएका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.