Nepal's No. 1 Digital Newspaper

बिपन्न समुदायम भन्छन् महेश र संगिताकै कारण हामी अहिले सम्म बाचेका छौँ

महेश सिंह
२ जेठ,सिरहा ।
लकडाउनका कारण समस्यामा परेका परिवारलाई सिरहाको लहान नगर पालिका वडा नम्बर २४ गोबिन्दपुर को मुसहर बस्तीमा नगरपालिका बाट राहत नपाएका बृध,एकल महिला,असहाय,अपांग तथा बिपन्न बस्तीमा राहत वितरण गरिएको छ।

समाज सेवी एवं काँग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगिता कर्माचार्यले लकडाउनका कारण ज्यलामजदुरी गर्न नपाएर समस्यामा परेकालाई विपन्नलाई राहत वितरण गरेको हुन्।

उनीहरुले वितरण गरेको राहत समाग्रीमा १० किलो चामल ,१ किलो दाल, १ पोका खाने तेल १ किलो नुन ,१ किलो आलु वितरण गरेका छन्। चौधरीलाई राहत सहयोगमा मनोकामना बोर्डिङ स्कुल लहान संचालक बद्री चौधरी,लोटस बोर्डिङ स्कुल संचालक सुदिप चौधरी ,एपलो ॐ बोर्डिङ स्कुल लहान को आर्थिक सहयोगमा ४० घर घुरिको राहत वितरण गरेको छ् ।

Order Now: 98510-87891

सुकम्वासी, दलित,एकल महिला,फरक क्षमता भएका र ज्याला मजदुरी गरेर दैनिकी चलाउन आएका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको महेश चौधरीले बताए । उनले लकडाउनको यस डेढमहिनाको अबधिमा करिव एक हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेको बताए।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.