Nepal's No. 1 Digital Newspaper

विश्वभरमा कोरोना संक्रमितको संख्या ४५ लाख नाघ्यो, अमेरिकामा २४ घण्टामा १ हजार ६९८ को मृत्यु, विश्वभर ५ हजार ३०० को मृत्यु

०२ जेठ, काठमाडौं । विश्वका २१५ देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ४५ लाख नाघेको छ । शुक्रबार बिहानसम्म विश्वभरमा कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २० हजार ६८६ पुगेको छ ।

संक्रमित मध्ये ३ लाख ३ हजार ६५ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा ८६ हजार ८९५ जनाको मृत्यु भएको छ । बेलायतमा ३३ हजार ६१४, इटलीमा ३१ हजार ३६८, स्पेनमा २७ हजार ३२१ तथा फ्रान्समा २७ हजार ४२५ कोरोना संक्रमितको ज्यान गएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ हजार ६९८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वभर ५ हजार ३०० ले ज्यान गुमाउँदा अमेरिकामा सबैभन्दा धेरैको ज्यान गएको हो । ब्राजिलमा ८३५, बेलायतमा ४२८, स्पेनमा २१७, इटलीमा २६२ तथा फ्रान्समा ३५१ संक्रमितको पछिल्लो २४ घण्टामा ज्यान गएको छ ।

Order Now: 98510-87891

हालसम्म विश्वमा ३ लाख ३ हजार ६५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । हाल विश्वभर २५ लाख १५ हजार ६३६ कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ४५ हजार ५६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र बाँकीको मध्यम रहेको छ ।

ब्राजिलमा ८३५, बेलायतमा ४२८, स्पेनमा २१७, इटलीमा २६२ तथा फ्रान्समा ३५१ संक्रमितको पछिल्लो २४ घण्टामा ज्यान गएको छ । १७ लाख १ हजार ९८५ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभरमा ५ हजार ३०० को ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा २४ घण्टामा १ हजार ६९८ कोरोना संक्रमितको ज्यान गएको छ ।

हाल विश्वभर २५ लाख १५ हजार ६३६ कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ४५ हजार ५६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र बाँकीको मध्यम रहेको छ ।

१७ लाख १ हजार ९८५ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.