अपराजित रहेर उपाधि जित्नु विशेष : अनन्त

१५ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङले अपराजित रहेर नेपाल सुपर लिग २०२५ को उपाधि जित्नु विशेष रहेको बताएका छन् ।

ललितपुरलाई लगातार दोस्रो पटक एनएसएल उपाधि जिताउँदाका कप्तान अनन्तले सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै खुशी व्यक्त गरेका छन् ।

‘यसपटक ‘अपराजित’ रहेर उपाधि जित्नु विशेष रह्यो । एनएसएलको पहिलो सिजन चोटका कारण गुमाएको पिडा गत वर्ष उपाधिले पुरिएको थियो’ अनन्तले लेखेका छन्, ‘यो पटक उपाधि रक्षा गर्दा भने सफल भएको आभास भएको छ । मेरो परिवारलाई पनि यो खुसी बाँड्न चाहन्छु ।’

अनन्तले च्याम्पियन शब्दबाट सुरु गर्दै लामो स्ट्यास लेख्दै उपाधि रक्षा गर्दा लक्ष्य पूरा भएको उल्लेख गरेका छन् । ‘खेल जीवनमा जति नै सफलता हासिल गरेपनि हरेक प्रतियोगिता सुरु गर्दा शून्यबाट सुरु गर्दै आएको छु । यसपटक उपाधि रक्षा गर्न टिमले नयाँ प्रशिक्षकको नेतृत्वमा निकै मिहिनेत पनि गर्यौं’ उनले भने, ‘अन्तमा अपराजित रहेर प्रतियोगिताको उपाधि रक्षा गर्न पाउँदा लक्ष्य पूरा भएको अनुभूति भएको छ ।’

पहिलो सिजन खेल्न नपाएका अनन्तले दोस्रो सिजन कप्तान बन्दै ललितपुरलाई पहिलो पटक उपाधि जिताउँदा मोस्ट भ्यालुएबल प्लेअर समेत घोषित भएका थिए । यसपटक ललितपुरले उपाधि रक्षा गर्दा खेलेका ८ खेलमै अपराजित रह्यो ।

अनन्तले टिमको नेतृत्व आफूले गरेपनि त्यसमा आफ्नो सहकर्मी, प्रशिक्षण तथा व्यवस्थापन टोलीको समान साथ र सहयोग रहेको जनाएका छन् । ‘म टिमले विश्वास गरेको एक प्रतिनिधि मात्र हुँ । फुटबल टिम गेम हो, र यो टिम मैदानमा उत्रने ११ खेलाडी मात्र होइन, मैदानबाहिर फरक फरक भूमिकामा काम गर्ने सम्पूर्णको सामूहिक प्रयासले सफल हुन्छ ।’

उनले मैदानमा खेल्ने ११ जनाको प्रदर्शनले अन्य सहकर्मीको पनि सफलता मापन हुने बताउदै टिमलाई थप जिम्मेवार बनाएको समेत बताएका छन् ।

यसैगरी अनन्तले उमेर समूहदेखि नै खेलेका अधिकांश प्रतियोगितामा आफ्नो टिमको लागि सुदख भएपनि केही प्रश्न र शंका गर्ने ठाउँ पनि भएको र प्रश्न गर्नेलाई पनि धन्यवाद दिएका छन् ।

‘यसले मलाई थप उर्जा त दिएको छ नै, सँगै ति प्रश्नहरूको उत्तर मैदान भित्रको सफलताले नै दिनुपर्छ भन्ने म र मेरो टिमको लक्ष्य हो ।’

शनिबार सम्मपन्न एनएसएल २०२५ मा ललितपुरले पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours